भोलि कार्तिक ६ गते शनिबार , कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल !

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

वित्तीय मामिला र लेनदेनको मुद्दामा सावधान रहनुहोला । विवादबाट टाढा नै रहनुहोला अन्यथा परिवारका सदस्यसंग मतभेद हुन सक्ला। खानपिनमा ध्यान दिनुहोला । अनावश्यक  खर्च हुन सक्छ ।तपाईको लागि दिन सामन्य रहला ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

तपाईको दिन लाभले भरिपूर्ण रहनेछ। तपाई शारीरिक र मानसिक रुपले स्वस्थ र ताजा महसुस गर्नुहुनेछ। कलात्मकता र रचनात्मकताको उपयोग गर्न सक्नुहुन्छ। आर्थिक मामिलामा योजना बनाउनु हुनेछ। परिवारसँग रमाईलो समय बिताउनुहुनेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

तपाईले बोली र व्यवहारमा सावधानी अपनाउनु पर्नेछ । तपाईको विचारले कुनै गलत धारणा नहोस् यस कुराको ध्यान राख्नुहोला । स्वास्थ्य खराब हुन सक्छ । तपाईको अत्यधिक खर्च हुन सक्ला ।  कुनै पनि नयाँ कामको आरम्भ नगर्नुहोला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

तपाईको लागि दिन लाभदायक छ । पेसा वा व्यवसायमा अनुकुल परिस्थित रहनेछ । धन लाभ होला । मित्र विशेषगरी स्त्री मित्रको तर्फबाट लाभ मिल्नेछ । आर्थिक योजना सफलतापुर्वक पूरा हुनेछ । विवाह गर्न उत्सुकको विवाह हुने योग छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

दृढ आत्मविश्वास र मनोबलले सबै कार्य सफलतापुर्वक सम्पन्न गर्नुहुनेछ । व्यवसायको क्षेत्रमा बौद्दिक प्रतिभा देखिनेछ । पिताको तर्फबाट लाभ हुनेछ ।  सरकारी कामकाजमा सफलता मिल्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

तपाईको दिन आनन्ददायक रहला । आर्थिक लाभ तथा  विदेशमा रहने आफन्तको समाचार  प्राप्त होला । धार्मिक कार्य वा धार्मिक यात्रामा खर्च हुनेछ । भाई-बहिनीबाट विशेष लाभ मिल्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

कुनै पनि नयाँ कामको आरम्भ नगर्नुहोला । आफ्नो बोली र व्यवहारलाई नियन्त्रणमा राख्नुहोला । मित्रको रुपमा लुकेको शत्रुबाट बच्नुहोला । स्वास्थ्यको पूरा ख्याल राख्नुहोला । लाखौं कोसिसपछि मानसिक शान्ति प्राप्त गरन सक्नुहुन्छ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

तपाईको दिन आनन्दमा बित्नेछ। दैनिक कार्यबाट मुक्त भएर आफ्नो लागि थोरै समय निकाल्न सक्नुहुन्छ । उत्तम भोजन मिल्नेछ ।  सार्वजनिक क्षेत्रमा मान-सम्मान बढ्नेछ । श्रीमतीसँग शुभ समय बिताउनुहुन्छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

तपाईको दिन शुभ रहला । तपाईको स्वास्थ्य स्वस्थ रहला । कार्यालयमा सहकर्मीको सहयोग प्राप्त हुनेछ । स्त्री मित्रसँग भेट होला ।  अधुरो कार्य पूरा होला ।आर्थिक लाभ मिल्नेछ । तपाईले  विजय प्राप्त गरन सक्नुहुन्छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

मानसिक रुपले अशान्त रहनुहुन्छ। कुनै पनि ठोस निर्णय लिन सक्नुहुन्न । भाग्यले साथ् दिनेछैन । सन्तानको विषयमा चिन्तित रहनुहुन्छ । घरमा वृद्द्को स्वास्थ्य खराब हुन सक्छ । भाग्यले  साथ दिनेछैन ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

अत्यधिक संवेदनशिल रहनुहुनेछ। मानसिक बेचैनी र अस्वस्थता अनुभव होला । सार्वजनिक रुपले मानहानि नहोस यस कुराको ध्यान राख्नुहोला । विधार्थीको पढाईमा सफलता मिल्नेछ ।  नयाँ वस्त्र खरिद गर्न सक्नुहुन्छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

तपाईको दिन महत्त्वपूर्ण निर्णय लिनको लागि शुभ छ । विचारमा दृढता , कार्य राम्रोसँग सम्पन्न हुनेछ । भाई-बहिनीबाट लाभ  प्राप्त होला । सार्वजनिक जीवनमा मान-सम्मान मिल्नेछ । कार्य सफलताले मन आनन्दित गर्नेछ ।
प्रकाशित : शुक्रबार, कार्तिक ०५, २०७८१७:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज शनिको कृपाले यि ५ राशिलाई फलिफाप नै फलिफाप , हेर्नुहोस् राशिफल !