मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
तपाईको दिन अनुकुलताले भरिपूर्ण रहनेछ । हातमा लिएको सबै काममा सफलता मिल्दा मनमा हर्ष र प्रसन्नता रहनेछ । आर्थिक क्षेत्रमा तपाईको दिन लाभदायक साबित होला । उत्तम वस्त्र र भोजन मिल्नेछ ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
तपाईको मन अनेक प्रकारको चिन्ताले घेरिरहनेछ । तपाईको स्वास्थ्य मध्यम रहला विशेषगरी आँखामा पीडा होला आफन्त र परिवारसँग मनमुटाव होला । अधिक मात्रामा खर्च होला । उचित पारिश्रमिक नमिल्दा मनमा निराशा उत्पन्न होला ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
तपाईको दिन विभिन्न लाभ प्राप्त हुनेवाला छ। परिवारमा श्रीमती र छोराको तर्फबाट लाभ प्राप्त होला । मित्रसंगको भेटले मन आनन्दित रहनेछ । विवाह गर्न उत्सुक व्यक्तिले जीवनसाथीसँग भेट हुनेछ आनन्द दायक यात्रा हुने योग छ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
पेसा वा व्यवसाय गर्ने व्यक्तिको लागि दिन लाभदायक छ। पेसागत व्यक्तिले उच्च पदाधिकारीको कृपा दृष्टिको कारण पदोन्नति होला आमासँग सुमधुर सम्बन्ध रहनेछ। सरकारको तर्फबाट लाभ र सांसारिक सुख वृद्दि होला ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
तपाईको दिन मध्यम फलदायी होला। धार्मिक र मांगलिक कार्यमा उपस्थित हुनुहुनेछ। धार्मिक यात्राको आयोजन होला। स्वास्थ्य मध्यम रहनेछ । विदेशमा रहने आफन्तको समाचार प्राप्त होला। उच्च अधिकारीसँग सावधानीपुर्वक व्यवहार गर्नुहोला ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
नयाँ काम सुरु नगरेकै ठिक होला। बाह्य खाद्य पदार्थ सेवन गर्दा स्वास्थ्य खराब हुन सक्ला। पारिवारिक सदस्यसँग मनमुटाव हुन सक्ला । पानीबाट टाढा नै रहनुहोला । उचित पारिश्रमिक नमिल्दा मन उदास रहनेछ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
तपाईको दिन सफलता र आनन्दमा बित्नेछ । सार्वजनिक जीवन सम्बन्धि कार्यमा सफलता र सिद्दी मिल्नेछ। विशेषगरी विपरित लिंगीय व्यक्ति तपाईको जीवनमा छाईरहनेछ। शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ रहला ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
आकस्मिक घटना घट्नेछ। तपाईको हातमा आएको अवसर गएको अनुभव होला। पारिवारिक सदस्यसँग मतभेद होला। माइती पक्षबाट खबर प्राप्त होला नयाँ कार्य योजनाको आरम्भ नगर्नुहोला । विरोधी प्रतिस्पर्धीबाट बच्नुहोला।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
तपाईको दिन मिश्र फलदायी रहला । पेट सम्बन्धि समस्याले सताउनेछ । सन्तानको स्वास्थ्य र पढाईको सम्बन्धमा चिन्ताले मन निराश रहनेछ । कार्य सफलता नमिल्दा क्रोधित रहनुहुन्छ । साहित्य र लेखन क्षेत्रमा रुची रहनेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
तपाईको दिन प्रतिकुलतामय रहला। जसकारण मनमा खिन्नता अनुभव होला शरीर मा स्फूर्ति र ताजगी रहला। सार्वजनिक जीवनमा मानहानी होला । छातीमा पिडा होला । स्त्री मित्र सँग काम गर्ने मौका प्राप्त होला ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
तपाई तन-मनबाट प्रसन्न रहनुहुन्छ । मनमा छाएको चिन्ताको बादल टाढा हुनाले उत्साह बढ्नेछ । छोटो यात्रा होला मित्र तथा आफन्तसंग भेट हुँदा मन प्रसन्न रहनेछ । कार्यक्षेत्रमा प्रभावकारी परिणाम प्राप्त होला।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
रिसको कारण कसैसँग झगडा वा मनमुटाव होला । शारीरिक कष्ट अनुभव होला । विशेष रुपले आँखाको ध्यान राख्नुहोला । पारिवारिक सदस्य र प्रेमीजनद्वारा घरमा विरोधको वातावरण बन्नेछ । खानपिनमा ध्यान राख्नुहोला ।