बलिउड अभिनेत्री शिल्पा शेट्टी कुन्द्रा र राज कुन्द्राले अभिनेत्री तथा मोडल शर्लिन चोपडा विरुद्ध मानहानिको मुद्दा दायर गरेका छन्। यसको साथै अभिनेत्री शिल्पा शेट्टीको दम्पतिले मोडल शर्लिनी चोपडा विरुद्ध ५० करोडको क्षतिपूर्ति मागेको छ। यसै समयमा शर्लिन चोपडाले यी आरोपहरुलाई पूर्णतया निराधार र मन गढन्ते भनेकी छिन् । केही समय पहिले शर्लिनले राज-शिल्पा विरुद्ध यौन उत्पीडनको मुद्दा दायर गरेकी थिइन्।
यसको साथै मोडल शर्लिन चोपडाले अभिनेत्री शिल्पा शेट्टी र उनको श्रीमान विरुद्ध शारीरिक र मानसिक दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । एकै साथ राज-शिल्पाका वकिलले भनेका छन्, अहिलेसम्म शर्लिन चोपडाले अभिनेत्री शिल्पा र उनको श्रीमान विरुद्ध जति पनि आरोप लगाएकी छिन् ती सबै झुटा हुन् । यसको पनि कुनै प्रमाण छैन।
शिल्पा शेट्टी कुद्राका पति व्यापारी राज कुन्द्रालाई पोर्न फिल्म सुट गरी विभिन्न मध्यमबाट रिलीज गरेको आरोप लागेको छ। यस केशमा राज कुन्द्रा करिब २ महिना जेलमा बसेका थिए । उनी सन २०२१ सेप्टेम्बर २१ मा जमानतमा रिहा भए तर यो मुद्दा अझै अदालतमा छ। जब राज कुन्द्रा पुलिस हिरासतमा थिए त्यस समयमा शिल्पा कुनै पनि सामाजिक सञ्जाल र कार्यक्षेत्र देखिएकी थिइन् । तर अहिले भने शिल्पा पूर्ण रुपमा आफ्नी काममा फर्केकी छिन् ।