वास्तुशास्त्र अनुसार पूजा घरमा नगर्नुहोस् यस्ता कार्य मानिन्छ निकै अशुभ !

हिन्दूधर्ममा पूजा र वर्तको विशेष महत्व रहेको हुन्छ । मानिसहरु भगवानको आशीर्वाद पाउने आस्थाले मन्दिर जाने गर्दछन् । यस बाहेक घरमा शुख-शान्ति र समृद्धि पाउनको पूजा गरिन्छ । हरेक हिन्दुहरुको घरमा एक छुट्टै पूजा बनाउने गर्दछन्।  जहाँ विभिन देवी-देवताको मूर्ति र तस्वीरहरु राख्ने गरिन्छ । तर कैयौ पटक जानी-नजानि केही  गल्तीहरु भईरहेको हुन्छ जसले गर्दा घरको पूजा स्थान बाधक बन्ने गर्दछ । वास्तुशास्त्र अनुसार यसबाट धेरै थरिका समस्याहरुको सामना गर्नुपर्ने हुन सक्छ ।

१. धेरैजसो मानिसहरु आफ्नो सुत्ने कोठामा पूजा स्‍थान बनाउने गर्दछन् जुन वास्तुशास्‍त्र अनुसार ठिक मानिदैन । सुत्ने कोठामा पूजा घर हुनु हुदैन किनकि यसले पार‌िवार‌िक जीवनको सम्बन्धमा समस्या आउने गर्छ ।

 


२. आजकल घरमा मन्दिर बनाउने प्रचलन बढेको छ । जबक‌ि वास्तु व‌िज्ञानको अनुसार घरमा पूजाको स्‍थान छुट्टै हुनुपर्छ तर मन्दिर नै हुनु भने नराम्रो मानिएको छ । मन्दिर खुल्ला स्थानमा हुनु वास्तुको अनुसार उचित रहेको छ ।

३. पूजा घरमा पुरानो भएको फूल, माला, अगरबत्त‌ि जम्मा गरेर नराख्नुहोस् । यसबाट नकारात्मक उर्जाको संचार हुने गर्दछ ।

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८१०:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शास्त्रअनुसार यी ४ कार्य गर्ने र हेर्ने दुवैलाई हुनेछ नर्कमा स्थान !