शास्त्रअनुसार यी ४ कार्य गर्ने र हेर्ने दुवैलाई हुनेछ नर्कमा स्थान !

धार्मिक ग्रन्थ पुराणअनुसार नराम्रो गर्नेलाई मात्र पाप लाग्ने नभएर यस्तो कार्य गरेको हेर्दा पनि पाप लाग्ने बताइएको छ । यी कुरामा यस्तो चिज पनि समावेश छ जुन हाम्रो जीवनको नजिक घटीरहेको हुन्छ र अन्जानमा हामिले पनि पाप बोकि रहेका हुन्छौ । त्यसैले यी केही कार्यहरुलाई नदेख्नु नै राम्रो मानिएको छ । यी कार्य जुन हेर्नेलाई समेत पाप लाग्छ।

१. पिपलको रुखलाई देवताको निवास स्थान मानिन्छ । पिपलको रुख काट्ने व्यक्तिलाई माहापापी मानिन्छ ।  यदि कसैले यसो गर्दैछ भने उक्त कार्यलाई हेर्न नहुने शास्त्रले बताएको छ ।


२. देवी-देवताको निन्दा गर्नु पनि पापको रुपमा लिईन्छ । देवताको निन्दा गर्ने व्यक्तिलाई हेर्ने र नमस्कार गर्ने व्यक्ति पनि पापको भागेदारी हुने शास्त्रले बताएको छ ।


३. सानो-सानो कुरामा रिसाउनेसँग नाता राख्नु पनि पाप मानिन्छ । कारण क्रोधमा भएको व्यक्तिसँग वादविवाद गर्दा आफुले पनि नराम्रो बोल्न सकिन्छ । जुन पापको भारि थप्ने काम हुन्छ ।


४. देवी-देवताको मूर्ति फुटाउने व्यक्तिलाई हेर्न हुदैन । यस्तो व्यक्ति घोर नर्कमा जाने भएकोले यस्ता व्यक्तिसँग सम्बन्ध राख्ने सबै नर्कको अधिकारी हुने शास्त्रले बताएको छ ।

 

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८१०:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज कोजाग्रत पूर्णिमा दशैँको अन्तिम दिन, धनकी देवी लक्ष्मीलाई प्रसन्न पार्न गर्नुहोस् यस्ता उपाय!