आजबाट शनि ग्रहमा आयो ठूलो परिवर्तन, कुन राशिमा कस्तो प्रभाव पर्ला !

प्रशासनिक काममा एक प्रमुख भूमिका निभाउने महान ग्रह शनि देव असोज २५ गते बिहान ८ बजेर ०२ मिनेटबाट मार्गी भएका छन् । यो भन्दा पहिला शनि ग्रह वक्री स्थितिमा रहेको थियो। शनि ग्रह वक्री स्थतिबाट मार्गी चाल चल्दा यसको प्रत्यक्ष असर पृथ्वीका बासिन्दाहरुमा पर्नेछ। यसको प्रत्यक्ष असर कुन राशिमा कस्तो पर्नेछ ? हेर्नुहोस्….

मेष राशि 

तपाईंको लागि यो समय शुभ रहनेछ। रोजगारीको दिशामा गरिएका सबै प्रयासहरु फलदायी साबित हुनेछन्। सरकारी क्षेत्रमा रहेका मानिसको लागि यो समय अत्यन्त शुभ रहनेछ। यदि तपाईं कुनै सरकारी टेन्डरको लागि आवेदन गर्न चाहानुहुन्छ भने पनि समय अनुकूल रहेको छ। कार्यक्षेत्रमा पदोन्नतीको योग रहेको छ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ।

वृष राशि 

समय शुभ रहनेछ। तर कार्यक्षेत्रमा भने कुनै प्रकारका बाधा उत्पन्न हुनसक्छन्, सजग रहनुहोला। विदेशी कम्पनीहरुमा सेवा वा नागरिकताको लागि गरिएको प्रयास सफल हुनेछ। तपाईंको साहस तथा पराक्रममा वृद्धि हुनेछ। तपाईं द्वारा गरिएको कार्य तथा लिएको निर्णयको सराहना गरिनेछ। परिवारका वरिष्ठ सदस्यहरु वा भाइहरुसंग मतभेद बढ्न नदिनुहोस्।

मिथुन राशि 

तपाईंको लागि यो समय निकै उतार-चढाव वाला रहनेछ। तर यदि तपाईंले सोच-बिचार गरेर कार्य योजना बनाउनु भयो भने केहि कार्य सफल हुने सम्भावना रहेको छ। कार्यस्थलमा षडयन्त्रको शिकार हुनबाट जोगिनुहोस्। यात्रा गर्दा विशेष सावधान रहनुहोस्। अनावश्यक झै-झगडामा नपर्नुहोला। सकेसम्म शनिदेवलाई प्रसन्न राख्नुहोस् र एक पीपलको रूख रोप्नुहोस्।

कर्कट राशि 

कर्कट राशिका मानिसको लागि यो समय अनुकूल नै भन्न मिल्छ। विवाह सम्बन्धि वार्तामा थोरै ढिलाइ हुन सक्छ। ससुरालीहरुसंग राम्रो सम्बन्ध कायम राख्नुहोस्। व्यापार क्षेत्रमा यो समय त्यति अनुकूल नरहला। अरुलाई धेरै पैसा ऋण नदिनुहोस्, अन्यथा नोक्सान हुने सम्भावना रहेको छ। सरकारी शक्तिको पूर्ण सहयोग हुनेछ। भावनामा बगेर लिईएको निर्णय हानिकारक हुन सक्छ।

सिंह राशि 

यो समय तपाईंको लागि कुनै वरदान भन्दा कम हुनेछैन। गुप्त शत्रुहरु पराजित हुनेछन्। कानुनी क्षेत्रमा निर्णय तपाईंको पक्षमा आउने देखिन्छ। स्वास्थ्यमा समस्या आउनसक्छ, सजग रहनुहोला। अत्याधिक दौडधुप रहनेछ। आफन्त तथा साथी-भाइबाट भने अप्रिय समाचार प्राप्त हुनसक्छ। यदि तपाईं विदेशी कम्पनीहरुमा सेवा वा नागरिकताको लागि कोशिश गर्दै हुनुहुन्छ भने अवसर अनुकूल हुनेछ।

कन्या राशि 

यो समय शुभ नरहला। विद्यार्थी वर्गको लागि भने यो समय अनुकूल रहनेछ। प्रेम सम्बन्धमा उदासीनता रहनेछ। सन्तान सम्बन्धि विषयले मनमा चिन्ता बढ्न सक्छ। नव दम्पतिका लागी सन्तान प्राप्तिको योग रहेको छ। परिवारका वरिष्ठ सदस्यहरु र ठूला भाइहरुसंग मतभेद उत्पन्न हुनसक्छ। कुनै पनि कार्य पूर्ण नभएसम्म सार्वजनिक नगर्नुहोस्।

तुला राशि 

मार्गी स्थितिमा चल्ने शनिले तपाईंको लागि धेरै अप्रत्याशित परिणाम दिनेछ। लामो समयदेखि प्रतिक्षित कार्य पूरा हुनेछ, सामाजिक प्रतिष्ठा र पद प्रतिष्ठा पनि बढ्नेछ। सम्पत्ति सम्बन्धि मामिलाहरुको समाधान हुनेछ। यदि तपाईं घर वा वाहन किन्न चाहानुहुन्छ, तब अवसर अनुकूल हुनेछ। यस समयमा सावधानीपूर्वक यात्रा गर्नुहोस्। आमा-बुबाको स्वास्थ्यमा समस्या आउनसक्छ।

वृश्चिक राशि 

तपाईंको निर्णय शक्तिमा वृद्धि हुनेछ। आफ्नो अदम्य साहस र बहादुरीको बलमा सजिलैसंग कठिन परिस्थितिहरुलाई पार गर्न सकिन्छ। कार्यक्षेत्रमा पदोन्नतीको सम्भावना रहेको छ। सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान बढ्नेछ। विदेशी कम्पनीहरुमा सेवा वा नागरिकताको लागि गरिएको प्रयास सफल हुनेछ। आफ्नो ऊर्जा को पूरा उपयोग गर्नुहोस् र अगाडि बढ्नुहोस्, तपाईं सफल हुनुहुनेछ।

धनु राशि 

आर्थिक रूपमा समृद्ध हुनुहुनेछ तर खर्च पनि धेरै नै हुनेछ। लामो समयको लागि दिइएको पैसा पनि फिर्ता हुने आशा रहेको छ। आफ्नो बोली कौशलको मद्दतले तपाईं सजिलैसंग कठिन परिस्थितिहरुमा नियन्त्रण पाउनुहुनेछ। स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ। विद्यार्थी वर्गको लागि यो समय त्यति अनुकूल नरहला।

मकर राशि 

तपाईंको लागि यो समय अत्यन्त शुभ रहनेछ। रोजगारको दिशामा गरिएका सबै प्रयास सार्थक हुनेछन्। कुनै कार्य आरम्भ वा नयाँ सम्झौतामा हस्ताक्षर गर्न चाहनुहुन्छ भने यो समय निकै अनुकूल रहेको छ। सरकारी क्षेत्रका मानिसको लागि पनि यो समय शुभ नै रहनेछ। यदि तपाईं चुनाव सम्बन्धित कुनै निर्णय लिन चाहानुहुन्छ भने पूर्ण सफलताको योग रहेको छ।

कुम्भ राशि 

तपाईंको लागि यो समय निकै उतार-चढाव वाला रहनेछ। अत्यधिक भागदौड रहनेछ। अधिक खर्च हुँदा आर्थिक समस्याले सताउन सक्छ। साथीहरु र आफन्तहरुबाट पनि नराम्रो समाचार प्राप्त गर्ने सम्भावना रहेको छ। स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ, सजग रहनुहोस्। अनावश्यक झै-झगडामा नपर्नुहोला।

मीन राशि 

मीन राशिका मानिसको लागि यो समय अनुकूल रहनेछ। आम्दानीका स्रोतहरु बढ्नेछन्। कुनै प्रकारको सरकारी टेन्डरकका लागी आवेदन गर्न चाहानुहुन्छ भने यो समय अनुकूल रहनेछ। वरिष्ठ परिवारका सदस्यहरु र दाजु-भाइसंग मतभेद उत्पन्न हुनसक्छ। नव दम्पतिका लागि सन्तान प्राप्तिको योग रहेको छ। प्रेम सम्बन्धमा उदासीनता रहनेछ।

प्रकाशित : सोमबार, असोज २५, २०७८१४:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तपाईसंग भएको रुद्राक्ष सक्कली कि नक्कली, यसरी चिन्नुहोस्!