मिथुन राशि
मिथुन राशिका मानिसको लागि दशमीसम्म माता दुर्गाको भरपूर आशिष प्राप्त हुनेछ। स्वास्थ्य निकै राम्रो रहनेछ। यो समयमा तपाईंको आर्थिक स्थिति निकै मजबूत हुने देखन्छ। आफन्तसंग निकटता बढ्नेछ। आयका नयाँ स्रोतहरु भेटिनेछन्। मनले चिताएका इच्छा पूरा हुनेछ। धार्मिक कार्यमा तपाईंको विशेष रुची बढ्नेछ।
तुला राशि
तुला राशि भएका मानिसको लागि विजया दशमीसम्मको समय निकै शुभ हुनेछ। यो समय यदि तपाईं कुनै ठूला कार्य आरम्भ गर्न चाहनुहुन्छ भने पनि गर्न सक्नुहुनेछ। आयका साधनमा वृद्धि हुँदा तपाईंको आर्थिक स्थिति बलियो हुने देखिन्छ। आकस्मिक धन लाभको पनि सम्भावना रहेको छ। रोजागरको क्षेत्रमा प्रयास गरिरहेका मानिसले पनि यो समयमा सफलता प्राप्त गर्न सक्छन्। माता दुर्गाको आशिर्वादले शत्रु माथि विजय प्राप्त गर्न सकिन्छ।
वृश्चिक राशि
लामो समयदेखि अवारोध आइरहेका कार्य सरलताका साथ सम्पन्न हुने देखिन्छ। रोगी मानिसको पनि माता दुर्गाको आशिषले स्वास्थ्यमा सुधार आउनेछ। धन लाभ मिल्ने योग रहेको छ। आर्थिक स्थिति निकै मजबूत रहनेछ। पारिवारिक वातावरण निकै सकारात्मक रहँदा तपाईंको मन पनि प्रशन्न रहनेछ। हरेक कार्यमा दुर्गा माताको साथ मिल्नेछ।
कुम्भ राशि
कुम्भ राशिका मानिसको लागि यो समय अत्यन्त शुभ रहनेछ। वाहन सुख प्राप्त हुनुका साथै अन्य भौतिक सुख प्राप्त हुने सम्भावना रहेको छ। कार्यक्षेत्रमा तपाईंको पदोन्नतीको सम्भावना रहेको छ। व्यापार व्यवसायमा विशेष सफलता मिल्ने संकेत रहेको छ। आकस्मिक धन लाभको पूरा सम्भावना देखिन्छ।