पछिल्लो समयमा महानायकको विषय बोलेका कलाकार तथा फिल्म निर्माता सोभित बस्नेत र उनका छोरा सलोन बस्नेतले केही दिन पहिले एक अन्तर्वातामा आफ्नो अभिव्यक्ति दिएका छन् । त्यसै क्रममा सलोन बस्नेतलाई प्रश्न सोधिएको थियो । अहिलेको अवस्थामा महानायक कसलाई मान्नु हुन्छ भनेर प्रश्न गरिएकोमा कलाकार सलोन बस्नेले महानायक भनेको खास अर्थ के हो मैले अहिले सम्म बूजेको छैन भनेका थिए । त्यस पछि सलोनको भनाइको सामाजिक सञ्जाल हरुमा चर्को विरोध र गाली पश्चात् उनले माफी मागेका छन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले माफी मागेका हुन् । यस प्रकार छ सोलन बस्नेतले सामाजिक माफी माग्दै लेखेको स्टाटस-

‘माफ गरिदिनुस् नेपाली जनता
समय विडम्बनाको थियो म अल्मलिएका थिए र बुझ्न सकिन।मेरो हुर्काइ यही ठाउँमा भयो। म तिनै इतिहासको मायामा बड्दै गए। म बुझ्न सक्ने हुनु भन्दा अगाडी नै एक महान व्यक्तिले “नेपालीबाबु” नामक सिनेमा मार्फत सिनेमा संसार बुझाई दिनु भयो। “कर्म” नामक सिनेमा मा काम गर्दा आफ्नो बुवा हुदा हुदै अर्का महान हस्तिका लागि आफ्नो शिर मुन्डन गरे र उनैले सिनेमाको लागि गरिने त्याग र यसको महत्व बुझाए। जिवनमा सबैभन्दा बढी सिनेमा (कर्णवीर,ठूले, आशीर्वाद,हामी तीन भाइ, अनमोल आदि), सिनेमा जगतकै सबै भन्दा सफल अग्रझ ब्यक्ति सँग काम गर्ने मौका पाएँ र उहाँबाट सच्चा नायकका शिप सिक्न पाएँ । मेरो पिढीको सबैभन्दा भाग्यमानी कलाकार लाग्थ्यो आफु। मलाई थाहा थिएन, दिन यस्तो आउला जब मैले उहाँहरूमा फरक छुट्याउनु पर्नेछ भनेर।
मैले सोच्न सकिन, सायद यही हडबडाहटमा वोल्न पनि जानिन। मेरो अहम,मेरो गर्व , मेरो धर्म, मेरो कर्म सबै जहाँ सिके, त्यो मुहारलाई १, २ र ३ गरेर छुट्याउनु मेरो हैसियत भन्दा धेरै माथिको कुरा लाग्यो।
शब्द छनोट गलत भयो मेरो तर मनबाट गलत सोचेको छैन। सबै संग माफी माग्न चाहान्छु मेरो शब्दले असर पर्न गएकोमा। मैंले आज सम्म जिवनमा सिनेमा बाहेक केही सोच्न वा गर्न सकेको छैन। मेरो सत्य यही हो मलाई गलत नबनाई दिनु।
माफ गर्दिनुस् नेपाली जनता ।’

यति बेला सोलन बस्नेत, भुवन केसी र शिव श्रेष्ठ अभिनीत फिल्म ‘डाँडाको बर पिपल’ गीत रिलिज भएको थियो । यही महानायक काण्डको कारण गीत मानिसहरुले खासै हेरेनन् । र भिडियोमा अहिले लाइक भन्दा पनि डीस लाइक बढी मात्रामा आएको छ ।यति बेला सलोनले सामाजिक सञ्जालमा गरेको पोस्ट निकै भाइरल भइरहेको छ ।
