आजको समय एशियाको सबैभन्दा महँगो अपाटमेन्टको बारेमा चर्चा भैरहेको छ । यस आपर्टमेन्ट हंकंगको एक कम्पनीले ५९ मिलियन डलरमा बिक्रि गरेको थियो । यस अपार्टमेन्टलाई प्रति वर्ग फिट १२ लाख ८० हजारको दरले बिक्रि गरिएको थियो ।
२१ बोराटे रोड परियोजना मा स्थित, यो अपार्टमेन्ट हंकंगका प्रसिद्ध व्यापारी विक्टर ली को कम्पनिले बेचेको थियो । तर अहिले सम्म यस कुराको थाहाँ भएको छैन की यस अपार्टमेन्टलाई कसले खरिद गर्यो भनेर ।
हंकंग लक्जरी अपार्टमेन्टको लागी संसार भरमा प्रसिद्ध छ। यस आपर्टमेन्टमा ५ वोटा कोठा निजि स्विमिंग पुल र पार्किंगको राम्रो व्यवस्था जस्ता सुविधा रहेका छन् ।
यस भन्दा पहिले पनि यस्तै अपार्टमेन्ट हंकंगको माउन्ट निकोलसनमा स्थित एक लक्जरी अपार्टमेन्ट सबैभन्दा महँगो थियो। यो सन २०१७ मा बेचिएको थियो। हंगकंगमा विदेशबाट आउने पर्यटक भिड लाग्ने गर्दछ। त्यहाँ प्राकृतिक सुन्दर्ताको कारण पनि धरै मानिसहरु त्यहाँ घुम्न जाने गर्दछन् ।