विश्वको हरेक देशमा अपराध नियन्त्रणको लागी विशेष कानून बनाइएको छ। कुनै पनि अपराधिलाई उसको अपराध अनुसारको सजाय दिइन्छ । चाहे त्यो अपराध सानो होस् वा ठूलो। कुनै पनि अपराधीले उसको अपराध अनुसार जरिवाना र जेल सजाय भोग्नु पर्ने हुन्छ । हामीले सुनेका छौ, अपराधिलाई उसको अपराध अनुसार जेलमा बस्नु पर्ने समय तोकिन्छ भने केही अपराधी मृत्यु दण्ड समेत हुने गरेको छ । आज हामी यस पोस्ट मार्फत यस्तो अपराधको बारेमा बताउने छौ जसको बारेमा थाहा पाएर तपाई छक्क पर्नु हुनेछ ।
स्पेनको एन्डालुसियामा बस्ने एक २५ वर्षीय युवकले बाबुआमाको पैसा चोर्दा त्यहाँको अदालतले उसलाई एक अनौठो सजाय दिएको थियो । उसलाई त्यहाँको अदालतले सजाय सुनायो कि ३० दिन सम्म घर बाहिर रहेर बिना आमाबाबुको साहारामा उसले आफ्नै कमाइमा ३० दिन बिताउनु पर्ने छ।

२००३ मा शिकागो संयुक्त राज्य अमेरिकामा बस्ने दुई केटाहरुले क्रिसमसको दिन यशुको मुर्ति चोरेका थिए । यो अपराधमा दोषी ठहरिएपछि दुबैलाई ४५ दिन जेल सजाय सुनाइएको थियो। यस बाहेक ती युवा हरुलाई उनीहरुको गाउँमा रहेको एक गधा सँग बस्नु पर्ने सजाय दिएको थियो।

एक एन्ड्रयू भेक्टर नाम गरेका व्यक्तिलाई आफ्नो कारमा चर्को आवाजमा संगीत सुनेको कारण १२० पाउण्ड जरिवाना लगाइएको थियो। उनी कारमा आफ्नो मनपर्ने ‘र्याप’ सुन्दै थिए । पछी उसको सजायको रुपमा तोकिएको रकम घटाएर ३० पाउण्ड तोकिएको थियो यसको साथै ती युवालाई शास्त्रीय संगीत २० घण्टा सुन्नु पर्ने सजाय तोकिएको थियो ।

संयुक्त राज्य अमेरिकाको मिसौरीमा बस्ने डेभिड बेरी नामका एक व्यक्तिले सयौं मृगको शिकार गरेका थिए । आदालतले सन २०१८ उनलाई दिषी ठहर गर्दै उनलाई एक वर्षको जेल सजाय तोकिएको थियो । यसको साथै अदालतले उनलाई कम्तीमा महिनामा एक पटक डिज्नीको बम्बी कार्टुन हेर्नु पर्ने सजाय दिएको थियो ।