आखिर किन मुस्कुराएको तस्विर पासपोर्टमा राखिदैन? जानिराखौ!

अधिकांश मानिसहरुलाई   पासपोर्टको बारेमा थाहा छ। यो कुनै पनि देशको सरकारद्वारा जारी एक दस्तावेज हो, जुनले अन्तर्राष्ट्रिय यात्राको लागी कुनै पनि व्यक्तिको पहिचान र राष्ट्रीयता प्रमाणित गर्दछ। यो बिना कुनै पनि व्यक्ति कुनै अन्य देशमा गएर  बस्न सक्दैन। यो गर्नु गैरकानुनी हो र यस्तो गर्दा कडा सजाय हुन सक्छ।

पासपोर्ट बनाउने बेला तपाईको फू खिच्ने गरिन्छ तब सम्बन्धित व्यक्तिलाई आफ्नो अनुहार नेचुरल राख्न भनिन्छ। साथै यसमा मुस्कुराउन पनि मिल्दैन।  आखिर यो  निर्देशन किन दिईन्छ ? किन पासपोर्टमा मुस्कुराउन मनाही छ ? वास्तवमा  केहि बर्ष पहिलेसम्म फोटोमा चश्मा लगाउन र आफ्नो कपालले हल्का अनुहार कभर गर्न मिल्थ्यो। तर अमेरिकाको वर्ल्ड ट्रेड सेन्टर मा २६ /११ हमला पछि सबै परिवर्तन भएको थियो ।

एयरपोर्टमा प्रयोग हुने बायोमेट्रिक टेक्नोलोजीले पासपोर्ट र फोटोलाई पूर्ण रूपले बदलिएको थियो। केहि देशको पासपोर्ट चिप लागेको हुन्छ , जो सम्बन्धित व्यक्तिको पूरा डाटा समावेश हुन्छ। पासपोर्टमा रहेको फोटोको  अनुहारको आकारको बारेमा पूर्ण जानकारी हुन्छ जस्तै दुई आँखाको बीचको दूरी, नाक र च्यापुको दूरी र मुख को चौडाई इत्यादि।

यदि तपाई एयरपोर्ट-गेटबाट प्रवेश गर्नुहुन्छ भने त्यहाँ रहेको क्यामेराले तपाईको फोटोलाई पहिचान गर्छ। यदि तपाईको पासपोर्टमा रहेको फोटो  र अनुहारको बायोमेट्रिक मिल्यो भने तपाईले सजिलै प्रवेश गर्नु सक्नुहुन्छ। पासपोर्ट बनाउने बेला राम्रोसँग फोटो खिच्नुहोला।

पासपोर्टमा राम्रो फोटोको लागि कालो रङको शर्ट लगाउन  सक्नुहुन्छ।  टाउको र काँध सीधा अगाडि हुनु पर्छ। टाउको धेरै माथि उठाउनु हुँदैन र तपाईको कपाल कान भन्दा माथि हुनु पर्छ। तपाईको आँखा पनि सफा हुनुपर्छ, यसको लागि तपाईले आइड्रप्स प्रयोग गर्न सक्नुहुन्छ।

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८१०:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एशियाकै महँगो अपार्टमेन्ट हङकङमा बिक्रि, मूल्य थाहा पाएर पर्नुहुनेछ छक्क!