यस्तो रहस्यमयी ट्रेन जुन १०६ जना यात्रुसहित अचानक भयो गायब!

तपाईले ट्रेन र प्लेटफर्मसँग सम्बन्धित धेरै रहस्यमय कथाहरुको बारेमा सुन्नु भएको छ होला। तर तपाईले  इटालीको रेलको बारेमा सुन्नुभएको छैन होला जुन यात्रुसंगै गायब भयो। यो घटना सन् १९११ को हो, जुनले १०६ जना मानिस बोकेको एउटा रेल सुरंगमा प्रवेश गर्ने बित्तिकै रहस्यमय ढंगले बेपत्ता भएको थियो । आज सम्म कसैलाई थाहा छैन कि त्यो कहाँ गयो।

यो रहस्यमय घटनाको बारेमा भनिएको छ कि यो ट्रेन आफ्नो समयभन्दा ७१ वर्ष पहिले भूतकालमा गएको थियो। मिडिया रिपोर्ट अनुसार यो ट्रेन १८४०  मा मेक्सिको पुगेको थियो। यस कारण यो ट्रेनलाई भुतिया ट्रेन पनि भनिन्छ।

एक मेक्सिकन डाक्टरले १०४ जनालाई रहस्यमय ढंगले अस्पतालमा भर्ना गरिएको दाबी गरेका थिए । तर ती सबैजना पागल भएका थिए ।  उनले पनि ट्रेन त्यहाँसम्म आएको उल्लेख गरेका थिए।

सबैभन्दा अचम्मको कुरा यो थियो कि त्यतिबेला त्यस्तो कुनै ट्रेन बनाइएको थिएन जुन सिधै रोमबाट मेक्सिकोसम्म जान्छ। अर्को अचम्मको कुरा यो थियो कि मेक्सिको आएको यी मानिसहरुको कुनै रेकर्ड पनि थिएन।

यो अनौठो घटना अहिलेसम्म रहस्यमयी नै छ।  सबैभन्दा रहस्य कुरा यो हो कि इटाली, रूस, जर्मनी र रोमानियाको धेरै भागहरुमा  यो ट्रेन देखेको दाबी गरेका छन्। हरेक पटक जब मानिसहरुले ट्रेन देखे तब १९११ मा गायब भएको ट्रेन जस्तै देखेको उल्लेख गरेका थिए।

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८१०:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

संसारमा अपराधीलाई यस्ता अनौठो सजाय, कसैले कार्टुन हेर्नुपर्ने, कसैले गीत सुन्नुपर्ने!