हिन्दु धर्म अनुसार जब एक महिलाको विवाह हुन्छ तब उसको जीवनमा सिन्दुर, चुरा, पोते र रातो वस्त्रको ठुलो मान्यता रहेको छ । यी सबै चिज एक सुहागिन महिलाको प्रतिकको हो । विवाहित महिलाहरु आफ्नो जीवन साथिको लामो आयुको लागि सोह्र शृंगार गर्ने गर्छन् । तर यहाँ एक यस्तो समुदाय छ जहाँ महिलाहरु पति जीवित भए पनि हरेक वर्ष केही समयको लागी बिधुवा जस्तै बस्छन्।
यस समुदायको नाम ‘गछवाहा समुदाय’ हो। जहाँको परम्परा निकै अनौठो रहेको छ । यस समुदायको महिला यस परम्परालाई लामो समय देखि मनाउँदै आएका छन् । भनिन्छ कि यस समुदायको महिलाहरु आफ्नो पतिको लामो आयुको कामना गर्दै यसरी बिधुवा जस्तै भएर केही समय बस्छन् ।
यस ‘गछवाहा समुदाय’ का मानिसहरु मानिसहरु मुख्यतया पूर्वी उत्तर प्रदेशमा बस्छन् । यहाँका मानिसहरु त्यहाँ पाइने एक प्रकारको रुखबाट तरल पदार्थ निकाल्ने काम गर्दछन् । त्यस समुदायका महिला जब उनीहरुको श्रीमान रुखबाट तरल पदार्थ निकाल्ने काममा जान्छन् तब त्यस समुदायका महिला आफ्नो श्रीमान कमबाट नफर्के सम्म बिधुवा जस्तै भएर बस्छन् ।
यस समुदायमा तारकुल्ला देवीलाई कुलदेवीको रूपमा पूजा गरिन्छ। जसको लागी त्यस समुदाएका मानिस पूजाको लागी त्यहाँ पाइने एक प्रकारको रुखबाट निस्कने तरल पदार्थ निकाल्न जान्छन् । त्यस रुख पाइने स्थान निकै खरनाक भएको र त्यस स्थानमा जाने धरै पुरुषले ज्यान गुमाउने भएको हुँदा त्यस स्थानको महिला आफ्नो कुल देवतालाई प्रार्थना गरेर श्रीमानलाई सकुशल फर्काउन भन्दै श्रीमान नफर्केसम्म बिधुवाको भेषमा बस्छन् ।