भनिन्छ बोट बिरुवा मानव जीवनको लागी महत्त्वपूर्ण रहेको छ । यही रुखको कारण मानव जातिलाई खाना पानी र हावा मिल्दछ । असंसारमा धरै प्रकारको बोट बिरुवा रहेका छन् । बोट बिरुवा देश र त्यहाँ भएको हावा पानी र स्थान अनुसार फरक-फरक र सुन्दर साथै विचित्रको बोट बिरुवा रहेका छन् । यस पृथ्वीमा यस्ता बोट बिरुवा छन् जसमा कोही फल दिन्छ भने कोही सुन्दर फुल दिन्छन् । साथै केही सजावटको लागी पनि रोप्ने गरिन्छ । आज हामी यस्ता बोट बिरुवाको बारेमा बताउने छौँ जुन एकदमै विचित्रको छ । यस बिरुवालाई हेर्नको लागि मानिसहरु देश तथा विदेशबाट आउने गर्दछन् । हेर्नुहोस् यस्ता केही विचित्र रुखहरु:
ड्रैगन रूख
ड्रैगन रूख सामान्य रुखको तुलनामा धरै फरक छ । यसको आकार कुनै वर्षाको समयमा ओढ्ने छाता जस्तो देखिन्छ । यो मुख्यतया क्यानरी टापुहरुमा पाइन्छ। सुरुमा यी रूखहरु यहाँ बस्ने स्थानीय मानिसहरुको लागी ठुलो धार्मिक महत्त्व थियो। क्यानरी टापु बाहेक यो रूखहरु मेक्सिकोको भागहरुमा पाइन्छन्। यो रुख ६५० वर्ष देखि १००० वर्ष सम्म जीवित रहन्छ ।
सिल्क कटन रुख
यो रुख कम्बोडियामा पाउन सकिन्छ । यस रुखको धरै विशेषता रहेको छ । यस रुखको जरा धरै लामो हुने हुँदा यस रुखको वरपर रहेका वस्तुलाई यस रुखले आफ्नी नियन्त्रणमा लिन्छ। यी रुखलाई संसारको सबैभन्दा अनौठो रुख मध्यमा गनिन्छ ।
बाओबाब रुख
रो रुख अफ्रीकाबाट अलग भएको देश मेडागास्करमा पाउन सकिन्छ । यस देशमा बाओबाब रुख विभिन्न आकारमा पाउन सकिन्छ ।केही मानिसको भनाइ रहेको छ यस रुख हजार वर्षसम्म जीवित रहन्छ । यो रुख १६ देखि ९० फिट अग्लो हुन्छ । यस विचित्र आकारमा देखिने रुख हेर्नको लागि यस स्थानमा देश तथा विदेशबाट मानिहरु आउने गर्दछन् ।
ग्रेट सिकुआ रुख
यी रुख पृथ्वीमा हुने सबैभन्दा ठुलो रुख हो ।यो करिब २७५ फिट अग्लो हुन्छ । यसको रुखको अग्लाई र विचित्र आकारको कारण देश तथा विदेशबाट मानिसहरु यस रुखलाई हेर्नको लागी मानिसहरु आउने गर्दछन् ।