ड्रग्स केसमा पक्राउ परेका बलिउड अभिनेता शाहरुखका छोरा आर्यनलाई भोलि जमानत हुँदै ?

ड्रग्स केसमा पुलिस हिरासतमा रहेका बलिउड अभिनेता शाहरुख खानक छोरा आर्यन खान ७ अक्टोबर सम्म पुलिस हिरासतमा रहने भएका छन् । आर्यनको विषयमा आदलतले कस्तो निर्णय गर्छ भन्ने सबै मानिसलाई चासोको विषय भएको छ ।


ड्रग्स केसमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानको छोरा आर्यन खान गत ७ अक्टोबर सम्म पुलिस हिरासतमा रहने पक्का भएको छ । यति बेला शाहरुख खानाका वकिल आर्यनलाई चाँडो बाहिर ल्याउने प्रयास गरिहेका छन् । भोलि फेरी यस केसमा सुनुवाइ हुनेछ । यति बेला प्रश्न उठेको छ कि आर्यनलाई जमानत मिल्छ-मिल्दैन ।

यस समय आर्यनको केसमा मुद्दा लडिरहेका वकिलले खासै केही भनेका छैनन् तर त्यसतै अन्य वकिलले भनेका छन् । ‘आर्यनको जस्तो केसमा २०,००० रुपैया जरिवाना र १ वर्ष जेल सजाय हुनसक्छ । तर यस विषयमा अहिले जाँच भइरहेको छ । आर्यनको म्यासेज हेर्दा लाग्छ कि उनी निर्दोष छन् ।’

प्रकाशित : बुधबार, असोज २०, २०७८१७:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हिरासतमा पनि आर्यन खानलाई मेजमानी, चर्चित रेस्टुरेन्टबाट बिरयानी अर्डर !