बिग बोस ओटीटीमा भाग लिएका जीशान खानले आफ्नो प्रेम सम्बन्धको खुलासा गरेका छन् । उनले रेहाना पंडितसँग आफ्नो सम्बन्धको पुष्टि हालै गरेका हुन्। जीशानले ‘कुमकुम भाग्य’ को को-स्टार रेहाना पंडितसँग सम्बन्धमा रहेको कुरा पुष्टि गरेका छन्। उनले इंस्टाग्राममा एक रोमान्टिक नोटको साथै ‘किस’ वाला तस्विर साझा गरेका छन्।

रेहाना, जीशानभन्दा ११ वर्षले ठुली हुन् र अघिल्लो वर्षदेखि नै यी दुईले डेट गर्न सुरु गरेका हुन्। तर अहिले जीशानले आफ्नो सम्बन्ध पोस्ट गरेर स्वीकार गरेका छन्। यस तस्विरमा यी दुईले किस गरिरहेका छन्। जीशानको पोस्टमा रेहानाले पनि कमेन्ट गरेकी छन्। रेहानाले जीशानलाई ‘आई लव यू जान’ लेखेकी छन्। उनीहरुको तस्विरमा थुप्रैले लाइक र कमेन्ट गरेका छन्। यूजर्सले दुवैलाई बधाई दिईरहेका छन्।
