अभिनेत्री प्रियंकाले सार्वजनिक गरिन् छोरीको आगमन हुँदाको क्षण, भिडियो सहित !

केही दिन पहिले छोरीलाई जन्म दिएकी अभिनेत्री प्रियंका कार्कीले छोरी जन्मदाको क्षणको भिडियो उनको आधिकारिक युटयुब च्यानलमा सार्वजनिक गरेकी छिन् । अभिनेत्रीले भिडियो सार्वजनिक गरेको ४८ घण्टामा नै ९ लाखले भिडियो हेरी सकेका छन् ।

पछिल्लो समयमा गर्भावस्थाको तस्बिर तथा भिडियो सार्वजनिक गरेर सामाजिक सञ्जालमा निकै भाइरल भएकी अभिनेत्री प्रियंकाले छोरीलाई जम्न दिएको सबैलाई थाहा नै होला । यस सँगै अभिनेत्रीले उनको छोरीको सामाजिक सञ्जाल इन्स्टाग्राम खाता पनि खोलिदिएकी छिन् । अहिले उक्त इन्स्टाग्राम खातमा फलोअर्स तीव्र रुपमा बढेको छ ।


यति बेला अभिनेत्री पुन: एक पटक सामाजिक सञ्जालमा चर्चाको विषय बनेकी छिन् । किनकि अभिनेत्रीले उनको छोरीलाई जन्म दिनु भन्दा पहिले देखि छोरीलाई जन्म दिएर घर फर्केको सम्मको भिडियो सार्वजनिक गरेकी छिन् । उक्त्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

प्रकाशित : मङ्गलबार, असोज १९, २०७८१६:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउड अभिनेत्रीलाई टक्कर दिदै निया शर्मा, आउँदै म्युजिक भिडियो !