अहिलेको समयमा सबैको मुखमा महानायकको को हो ? भन्ने विषयमा विभिन्न किसिमको प्रतिक्रिया आइरहेको छ ।
लामो समय देखि बन्द भएको फिल्म क्षेत्र पुन सुचारु हुन लागेको छ । यही असोज २१ गते घटस्थापनाको दिनबाट फिल्म ‘डाँडाको बारा पिपल’ नाम फिल हल-हलमा चल्ने भएको छ । यसै अवसरमा फिल्मको प्रचार प्रसारको लागि फिल्म निर्देशक शोभित बस्नेत र उनको छोरा सलोन बस्नेतले एक अन्तर्वार्ता दिएका छन् । अन्तर्वार्ता दिने क्रममा उनीहरुले फिल्म ‘डाँडाको बर पिपल’ एकदमै राम्रो फिल्म बनेको र सबैलाई फिल्म एक पटक हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् ।
‘निउज फिल्मी’ नामक युटयुब च्यानल मार्फत दिएको एक अन्तर्वार्तामा पछिल्लो समयका चर्चित कलाकार सलोन बस्नेतले महानायको विषयमा सोधिएको प्रश्नमा भने ‘ महानायक भन्नुको खास अर्थ के हो ? मलाई लाग्छ यो महानायक भन्ने शब्द हाम्रो नेपाली शब्द कोसमा पनि छैन होला । म त्यति ठुलो मान्छे पनि हैन कि कसैलाई कुनै ट्याग दिन सकूँ, म उहाहरु भन्दा धरै सानो मान्छे, मैले सबै जना सँग काम गरेको छु । मैले राजेश हमाल, भुवन केसी र शिव श्रेष्ठ सँग बच्चै देखि काम गरेर यस क्षेत्रमा आएको हु । उहाँहरु कारणले गर्दा सलोन बस्ने आज यस स्थानमा छ । त्यसैले मेरो लागि उहाँहरु तिनै जान असमान र सम्माननीय हुनुहुन्छ ।