माता दुर्गाको कृपाले ५ राशिका जातकले जीवनमा प्राप्त गर्नेछन् ठूलो सफलता

काठमाडौँ : – धार्मिक  मान्यता अनुसार नवरात्रिको समय कुनै पनि देवीपीठको दर्शन गर्नुपर्छ भन्ने मान्यता रहेको छ। यस्तो गर्नाले माता दुर्गा देवीको सधैँ आशिर्वाद हुने मान्यता रहेको छ । यसको साथै धार्मिक मान्यता अनुसार माता दुर्गाको यी ५ राशिमा विशेष कृपा हुने मान्यता रहेको छ । हेर्नुहोस् ज्योतिष शास्त्र अनुसार  माता दुर्गाको कृपा रहने राशि यस प्रकार छन् ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशि भएका मानिसलाई माता दुर्गाको कृपाले आर्थिक पक्षले साथ दिनेछ । निडर र निस्वार्थ स्वभावको हुनेछ । सोचे आटेको काम पुरा गर्न क्षमताको हुनेछ  । पारिवारमा सम्पूर्ण सदस्यसँग मिल्न सक्ने स्वभाव हुन्छ ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –


माता दुर्गाको कृपाले कर्कट राशि भएको मानिस उदार स्वभावको हुन्छ। व्यापार व्यवसायमा लगनशील हुन्छन्। प्रशस्त धन कमाउन सक्ने स्वभावको हुन्छ । खर्च कम बचत बढी गर्ने स्वभावको हुन्छ । विपरीत लिंगीलाई सजिलै आकर्षिक गर्न सक्ने स्वभावको हुन्छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

माता दुर्गाको कृपाले सिंह राशि भएको मानिसले व्यापार व्यवसायमा प्रगति गर्नेछन्। सन्तान सुख पाउने छ। अचल सम्पत्तिको कारोबारको क्षेत्रबाट लाभ उठाउन सफल हुनेछ। समाजमा मान-सम्मान कमाउनुको साथै प्रतिष्ठित व्यक्ति बन्ने अवसर प्राप्त हुनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कुनै पनि निर्णय लिनको लागि सधैँ सक्षम हुनेछ । खर्च बढी गर्ने स्वभावको हुनेछ साथै खर्च गरे अनुसार पैसा पनि उतिकै कमाउने छ । पढाइको क्षेत्रबाट समाजमा मान सम्मान कमाउनुहुनेछ। राजनीतिमा विशेष ध्यान दिने स्वभावको हुन्छ ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

पढाइमा ठुलो प्रगति गर्नेछन् । समाजमा मान प्रतिष्ठा कमाउनेछन्। बोली अलि खरो हुँदा शत्रु बढी हुनसक्छ। जीवनसाथीबाट हरेक काममा साथ सहयोग प्राप्त हुनेछ। बाबुसँगको सम्बन्ध खासै राम्रो नभए पनि आमासँगको सम्बन्ध राम्रो हुनेछ। जीवनमा धनसँगै मान सम्मान पनि उतिकै कमाउनेछन्।

प्रकाशित : सोमबार, असोज १८, २०७८१३:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पर्सबाट आजै हटाउनुहोस् यस्ता ४ चिज अन्यथा सधैँ हुनेछ आर्थिक अभाव !