केही समय यता बलिउडका विभिन्न अभिनेता तथा अभिनेत्री लागु-औषध प्रकरणमा पक्राउ पर्ने क्रम चलेको छ । यसै क्रममा केही समय पहिले बलिउडका चर्चित अभिनेता सुशान्त सिंहको निधन पछि विभिन्न अभिनेता तथा अभिनेत्रीको नाम लागु-औषधीको सेवन गरेको आरोपमा नाम आएको थियो । त्यसतै आइतबार बलिउड अभिनेता शाहरुख खानको छोरा आर्यन खानको नाम पनि लागु-औषधी प्रकरणमा परेको छ ।
शाहरुख खानका छोरा आर्यन खानलाई मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा लागु-औषधसहित पक्राउ गरिएको थियो। आर्यन खानलाई लागु-औषध मुद्दामा लगातार सोधपुछ भइरहेको छ। आर्यन सोधपुछको क्रममा आफ्नो आँसु नियन्त्रण गर्न असमर्थ छन्। यस क्रममा आर्यनले स्वीकार गरेका छन् कि उनी लगभग ४ वर्ष देखि लागु-औषध सेवन गर्दै आएका छन्।
आइतबार साँझ ढिलो गरी अदालतले यी तीन अभियुक्तहरुलाई एक दिनको एनसीबी हिरासतमा पठाएको थियो। एनसीबीले यस मामिलामा थप एक अभियुक्तलाई हिरासतमा राखेको छ । जसलाई आज पक्राउ गर्नेछ । एनसीबीले उनलाई अदालतमा पेस गर्न पनि सक्छ।