पक्राउ परेको एक दिनमै शाहरुखको छोरा छुटिदै ,एनसीबीले बढाउनेछैन कस्टडी !

हाईप्रोफाइल ड्र-ग्स पार्टी मामिलामा गिरफ्तार भएका अभिनेता शाहरुख खानको छोरा आर्यन खानलाई आज जमानत मिल्न सक्छ। मिडिया रिपोर्ट अनुसार  नारकोटिक्स कंट्रोल ब्यूरोको अधिकारी आर्यन खानको हिरासत अवधि बढाउने मांग गर्ने छैन। उनलाई सोमबार न्यायिक हिरासतमा पठाईनेछ। त्यसपछि आर्यन खानले वकीललाई जमानतको लागि आवेदन दिनेछन।

आर्यन खानलाई  आईतबार एनसीबीले अदालतमा पेश गरेको थियो। त्यसपछि कोर्टले त्यसै दिन आर्यन खान, मुनमुन धमेचा र अरबाज मर्चेंटलाई ५ अक्टुबरसम्म हिरासतमा राख्न माग गरेका थिए। एनसीबी अनुसार उनीहरुसँग पर्याप्त प्रमाण छ तर एनसीबीले सोमबारसम्म तीन जनालाई अदालतमा पेश गरेर रिमाण्ड  बढाउने माग गर्न सक्छ। अब आर्यन खानको हिरासत अवधि बढ्ने छैन। उनलाई  सिधै न्यायिक हिरासतमा पठाईनेछ। शाहरुखको छोरा आर्यन खानमाथि  ड्रग्स सेवन र व्यापारमा सामेल भएको  आरोप लागेको थियो। शनिबार क्रूजमा छापा मर्दा १३ ग्राम कोकीन, ५ ग्राम  एमडी, २१ ग्राम चरेस वा एमडीएमएको २२ गोलि बरामद भएको थियो।

 

 

प्रकाशित : सोमबार, असोज १८, २०७८११:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

४ वर्षदेखि लागु-औषध सेवन गर्दै आएका रहेछन् शाहरुखका छोरा आर्यन खानले, गरे यस्तो खुलासा !