शुक्र ग्रहले गर्यो राशि परिवर्तन यी ३ राशिलाई अत्यन्तै शुभ, कुन-कुन राशि ? हेर्नुहोस् !

ग्रहहरुमा भव्यता र सुखद जीवन को प्रतिनिधित्व गर्ने महान् ग्रह शुक्र २ अक्टोबर बिहान ९:५९ मा तुलाको यात्रा समाप्त गरी वृश्चिक राशिमा प्रवेश गरेको छ। यस राशिमा शुक्र ग्रह ३० अक्टोबरसम्म रहनेछ। त्यसपछि यो धनु राशिमा प्रवेश गर्नेछ। वृष र तुला राशिको स्वामी शुक्र कन्या राशिमा नीच र मीन राशिमा उच्च मानिन्छ। शुक्र ग्रहको गोचरको प्रभाव यी ३ राशिमा अत्यन्त अशुभ रहनेछ……

मेष राशि

राशिको आठौँ भावमा प्रवेश गर्ने शुक्र ग्रहको प्रभाव तपाईंको लागि शुभ नरहला। तर तपाईंको मान-सम्मान भने बढ्ने देखिन्छ। प्रेम सम्बन्धि मामिलामा उदासीनता रहनेछ। यस अवधिमा आर्थिक नोक्सानीबाट बच्नुहोस्। कसैलाई धेरै पैसा उधारो नदिनुहोस्। स्वास्थ्यप्रति सजग रहनुहोस्। वैवाहिक जीवनमा कटुता आउन नदिनुहोस्। कार्यक्षेत्रमा षडयन्त्रको शिकार हुनबाट बच्नुहोस्।

मिथुन राशि

 

राशिको छैठौं भावमा प्रवेश गर्ने शुक्रको प्रभाव यस राशिका मानिसको लागि मिश्रित रहनेछ। साथीहरु तथा आफन्तहरुबाट अप्रिय समाचार प्राप्त हुने सम्भावना रहेको छ। वैदेशिक क्षेत्रमा सेवाका लागि आवेदन दिन चाहनुहुन्छ भने समय अनुकूल रहेको छ। विलासिताका सामानहरुमा बढी खर्च हुनेछन्। आर्थिक समस्याले सताउन सक्छ। ऋणको रूपमा कसैलाई धेरै पैसा नदिनुहोस्, अन्यथा नोक्सान हुनसक्छ।

धनु राशि

राशिको बाह्रौँ भावमा प्रवेश गर्ने शुक्रको प्रभावले अत्याधिक भागदौड मच्चाउँनेछ। विलासिताका सामानहरुको खरिदमा धेरै खर्च हुनेछ। स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ, विशेषगरी आँखा सम्बन्धि समस्याले। सन्तान सम्बन्धि चिन्ताले सताउन सक्छ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ। कार्यक्षेत्रमा षड्यन्त्रको शिकार हुनबाट बच्नुहोला।

प्रकाशित : आइतबार, असोज १७, २०७८१७:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

माता दुर्गाको कृपाले ५ राशिका जातकले जीवनमा प्राप्त गर्नेछन् ठूलो सफलता