Uncategorized

अन्त्यमा सामन्था र नागाले गरे डिभोर्सको घोषणा, कारण यस्तो !

द फ्यामिली म्यान २ मा  खलनायिका राजीको भूमिका निभाएर चर्चित भएकी अभिनेत्री सामन्था आफ्नो व्यक्तिगत जीवनलाई लिएर पनि चर्चामा रहन्छिन्। सामन्था र उनको श्रीमान नागा चैतन्यको डिभोर्सको खबर धुवा जसरी फैलिएको थियो। यस्तो पनि हल्ला चलेको थियो कि सामन्था  हैदराबाद छोडेर मुम्बई शिफ्ट हुदैछिन्। आफ्नो इन्स्टाग्राम सेशनमा अभिनेत्रीले ‘ए हंडरड अदर रूमर’ मा थुप्रै प्रश्नको जवाफ दिईन्।

 

एक फ्यानले सामन्थालाई किन हैदराबाद छोडेर मुम्बई शिफ्ट हुन लागेको भन्ने प्रश्न गर्दा उनले यस खबरलाई झुटो बताएकी छन्। खबर अनुसार सामन्था र नागा आफ्नो परिवार बढाउने योजना गरिरहेका छन्। यही कारणले सामन्थाले कुनै पनि प्रोजेक्ट साइन गरेकी छैनन्। साथै सामन्थाले आफ्नो नामबाट अक्किकेनी सरनेम हटाएकी छन्। तर अहिले सामन्था र नागाले एक पोस्ट मार्फत डिभोर्स हुने खुलासा गरेकी छन्।  साथै उनले आफुहरुको निर्णयलाई साथ दिन फ्यानलाई अनुरोध गरेकी छन्।

 

हालै नागा चैतन्यले गरेको  फिल्म रिलीजको पार्टीमा सामन्था थिइनन्।  यसैबाट यी दुईबीच केहि भएको भन्ने हल्ला फैलिएको थियो। वास्तवमा नागार्जुनले हैदराबादमा पार्टी राखेका थिए जुनमा आमिर खान पनि  उपस्थित थिए। सामन्था अक्कीनेनी र नागार्जुनको छोरा नागा चैतन्यले २०१७ मा बिहे गरेका थिए। दुवैलाई साउथ इन्डियन इंडस्ट्रीको क्युट कपल मानिन्छ।

 

प्रकाशित : शनिबार, असोज १६, २०७८१७:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :