आगामी अक्टोबर २ तारिकको दिन दुई राशी परिवर्तन हुँदैछन् । जब ग्रह परिवर्तन हुन्छ तब मानिसको जीवनमा धरै उतार चढाभ हुने गर्दछ । जुनै पनि ग्रहको राशी परिवर्तनले कुनै राशीमा शुभ असर पर्छ भने कुनै राशिमा नकारात्मक प्रभाव पर्ने हुन्छ । आगामी शनिवार २ अक्टोबर, २०२१ मा दुई महत्वपूर्ण ग्रहहरुको आवागमनमा परिवर्तन हुनेछ । शुक्र ग्रह वृश्चिक राशीमा गोचर हुने भएका छन् भने बुध कन्या राशिमा गोचर हुने भएका छन् । यस राशि परिवर्तनको कारण १२ राशिमा नै प्रभाव पर्ने भएको छ । हेर्नुहोस् शुक्र र बुधको राशि परिवर्तनले यी ३ राशिलाई धरै शुभ हुने भएको छ ।
मेष राशि
सामाजिक मान सम्मान मिल्नेछ । साथै सरकारको तर्फबाट लाभ हुनेछ । सन्तानको तर्फबाट लाभ हुनु साथै शुभ समाचार मिल्नेछ । व्यवसायमा लगानी गर्नको लागि समय उचित रहेको छ । फसेको धन फिर्ता हुने समय रहेको छ ।
वृष राशि
फसेको पैत्रिक सम्पति हातपर्ने योग रहेको छ । आमाको तर्फबाट लाभ हुनेछ । दाम्पत्य जीवन सुमधुर हुनेछ । अचानक धन लाभ हुनेछ । कार्यालय उच्च अधिकारीबाट कामको प्रसंसा हुनेछ । साथै पदोन्नतीको सम्भावना रहेको छ ।
मीन राशी
स्वास्थ्यमा सुधार हुनेछ । वैदेशिक यात्राको अवसर मिल्नेछ । आर्थिक समस्या बिस्तारै समाधान् भएर जानेछ । व्यापार व्यवसायमा सोचेभन्दा बढी लाभ हुनेछ । आम्दानीको श्रोत बढ्नेछ । बाबुको तर्फाबाट लाभ हुनेछ ।