सिद्धू ‘द कपिल शर्मा शो’ मा फर्कदा के शो छोड्ने छिन् अर्चनाले? दिइन् यस्तो जवाफ !

अर्चना पूरन सिंह जबदेखि नवजोत सिंह सिद्धूले पञ्जाब कांग्रेस अध्यक्ष पदबाट राजीनामा दिए तब देखि चर्चामा छन्। यस्तो स्थितिमा ‘द कपिल शर्मा शो’ का प्रशंसकहरु जान्न उत्सुक छन् कि सिद्धू अब कपिलको शोमा फर्किने छन् कि पर्दैनन्। यस विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न किसिमको प्रतिकृयाहरु आइरहेका छन् र विभिन्न किसिमका हास्यास्पदक मिम्सहरु सेयर भैरहेका छन् । यस कुरालाई अर्चना आफैले पनि उनको इन्स्टाग्राममा सेयर गरेकी छिन् । अब सामाजिक सञ्जाल हरुमा यस्ता कुरा आउदै छन् कि जसलाई सुनेर तपाई अचम्ममा पर्नु हुनेछ ।


भारतीय मिडिया रिपोर्टको अनुसार अर्चना पूरन सिंहले यो सम्पूर्ण मामिलामा भनेका छन् कि यदि नवजोत सिंह सिद्धू फेरी शोमा फर्कन चाहन्छन् भने उनी कपिल शर्मा शोमा आफ्नो सीट खाली गर्न तयार छिन्।

भारतीय एक मिडियामा प्रकासित सूचना अनुसार अर्चना पूरन सिंहले भनेकी छिन् । ‘यति सिद्धू पुन: कपिल शर्मा शोमा आउन चाहन्छन भने म आफ्नो स्थान उनलाई छोड्न तयार छु किनकि मसँग धेरै कामहरु छन्, जुन मैले पछिल्लो केहि महिनाहरुमा अस्वीकार गरेको छु। मुम्बई तथा देश भन्दा बाहिर मलाई सुटिंगको लागि अवसर आएको थियो तर शोको नियम अनुसार मैले ति प्रस्तवलाई अस्विकार गरेकी थिए ।’

प्रकाशित : बिहिबार, असोज १४, २०७८११:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

परिवार बढाउने तरखरमा छन् सामन्था र नागा चैतन्य , बताए डिभोर्सको खबर झुटो !