पछिल्लो समयको चर्चित गायन रियालिटी ‘द भ्वाई अफ नेपाल’ बिजेता किरण गजमेर अब नेपाल बस्न नपाउने भएका छन् । किरण नेपाली नागरिक हैनन उनि भिसा लगाएर नेपाल आएका थिए । यतिबेला उनको भिसा सकिसकेको छ । अब किराणलाई गृह मन्त्रालयले नेपाल प्रवेशमा रोक लगाएको छ।
किराण अमेरिकाको नागरिक हुन् । नेपालको कानुन अनुसार भिसामा नेपाल आएको अमेरिकी नागरिकहरुले १ सय ८० दिन मात्र नेपाल बस्न पाउँछन् । अब किराना यस सन २०२१ भर नेपाल आउन नपाउने भएका छन् । किरणको यस वर्षको भिसा अवधि सकिसकेको छ । किरण असोज ११ गते नेपाल आएका थिए । सोही दिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले त्यहीबाट उनलाई बाहिर आउन नदिइ अमेरिका फिर्ता पठाइदिएको थियो।
अब किरण यस वर्ष नेपाल आउन पाउने छैनन् । अब किरण नेपाल आउनको लागि सन २०२२ मात्र नेपाल आउने पाउने भएका छन् । नेपाल को चर्चित रियालिटी शो ‘द भ्याइस नेपाल सिजन ३ मा किरणले फ्यानहरुको सर्वाधिक भोटको कारण विजेता बनेका थिए ।
पछिल्लो समयाम किरण सामाजिक सेवामा पनि निकै सक्रिय भएका छन् । उनले भ्वाइसबाट जितेको रकमबाट समाज सेवा गर्ने भनेका थिए । किरण पहिले भुटानबाट विस्थापित भएपछि उनको सपरिवार झापाको शरणार्थी शिविरमा बस्दै आएका थिए। संयुक्त राष्ट्रसंघले भुटानी शरणार्थीका लागि तेस्रो मुलुक पुर्नवास कार्यक्रम सुरु गरेपछि किरणको परिवार अमेरिका गएका थिए ।