कुनै समय बलिउडको ‘बेस्ट किसर’ की श्रीमतीको प्रेममा लिप्त थिए रणबीर, दिनदिनै सेटमै जान्थे भेट्न

एजेन्सी : रणबीर कपूर र आलिया भट्टको प्रेम सम्बन्धले बेला-बेलामा सञ्चारमाध्यम एवं सामाजिक सञ्जाललाई तताईरहेको हुन्छ। अभिनेता रणबीर कपूर बलिउडमा चकलेटी हिरोको नामबाट परिचित छन्। रणबीर हिन्दी फिल्म दुनियाको नयाँ पुस्तामा सबैभन्दा सफल अभिनेता मध्ये एक हुन् । रणबीरको शैली तथा अभिनयबाट धरै मानिसहरु प्रभावित भएका छन् । त्यसतै अभिनेता उनको व्यक्तिगत तथा व्यसाहिक जीवनको कारण चर्चामा हुने गर्दछन् ।

यतिबेला अभिनेता तथा अभिनेत्रीको केहि तस्बिर सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

रणबीर कपूरको नाम बलिउडका धरै अभिनेत्रीसँग जोडी सकेको छ । त्यस मध्ये एक नाम इमरान खानकी पत्नी अवन्तिका मलिकको पनि हो । जसलाई अभिनेताले डेट गरिसकेका छन् । मिडिया रिपोर्टका अनुसार यो कुरा धेरै पहिलेको हो, जब दुबै एक अर्कालाई डेट गर्न थाले। रणबीरले अवन्तिकालाई त्यस समयमा मन पराउथे, जब यो कुरा अवन्तिकालाई थाहा भएको थियो । तब उनीहरु एक अर्कोको प्रेममा परेका थिए । अवन्तिकाले टीभी सिरियल ‘जस्ट मोहब्बत’ मा बाल कलाकारको रुपमा काम गरिसकेकी छिन्। रणवीरले अवन्तिकालाई यति मन पराउँथे कि उनी हरेक दिन अवन्तिकालाई भेट्न टिभी कार्यक्रमको सेटमा जान्थे।

प्रकाशित : बुधबार, असोज १३, २०७८१२:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी हाँस्यकलाकार जो हीरोभन्दा धेरै पारिश्रमिक लिन्थे ,फिल्म हेर्नेको लाग्थ्यो ओईरो !