यी हाँस्यकलाकार जो हीरोभन्दा धेरै पारिश्रमिक लिन्थे ,फिल्म हेर्नेको लाग्थ्यो ओईरो !

आफ्नो हँसिलो प्रवृत्तिले दर्शकलाई हँसाउन सिपालु हाँस्यकलाकार  महमूद अलीको आज जन्मदिन हो। यधपी आफ्नो जन्मदिन मनाउनको लागि उनी यस संसारमा नभएपनि उनलाई धेरैले याद गर्छन्। अभिनेता महमुद अलीको जन्म २९ सेप्टेम्बर १९३३ मा मुम्बईमा भएको थियो र २३ जुलाई २००४ मा उनले यस दुनियाबाट बिदा लिएका थिए।

उनलाई याद गर्ने फिल्ममा भूत बंगला, पडोसन, बम्बे टू गोवा, गुमनाम, कुंवारा बाप जस्ता फिल्म रहेका छन्। उनी आफ्नो समयको लगभग सबै अभिनेता र अभिनेत्रीसँग काम गरिन्। उनको लोकप्रियता यति थियो कि मुख्य हीरोभन्दा पनि धेरै पारिश्रमिक लिन्थे। उनी एक यस्तो अभिनेता थिए जो आफ्नो अभिनयले निकै हसाउँथे।

महमुदको पिता मुमताज अली बम्बई टकीज स्टूडियोमा काम गर्थे। घरको हालत ठीक नहुनाले महमूदले अन्डा बेच्न र ट्याक्सी चलाउने जस्ता काम गरे। १९४३ मा उनलाई पहिलो फिल्म ‘किस्मत’ मा काम गर्ने मौका मिलेको थियो। आफ्नो अभिनयको दममा महमूदले करोडौँलाई दिवाना बनाउन सफल भए।

त्यस समय कुनै अभिनेताको ताली बज्थ्यो त उनी महमुद थिए। शुटिंग सकिएपछि महमुदको लागि ताली बज्थे।  उनी एक यस्तो हांस्यकलाकार थिए जसको फिल्मको पोस्टरमा अभिनेतासँग फोटो हुन्थ्यो। त्यस समय उनको पारिश्रमिक ८ लाख थियो भने फिल्मको हीरोको २ लाख थियो। साथै  उनी गरिबलाई पनि सहयोग गर्थे। उनी काहिले पनि रिहर्सल गर्दैन थिए। उनी जे पनि गर्थे फिल्ममा लाइव गर्थे। महमुदले करिब ३०० फिल्ममा काम गरिसके।  महमुद र अरुणा ईरानीको अफेयरको किस्सा पनि निकै चर्चामा रहन्थ्यो। तर महमूदले मीना कुमारीको बहिनी मधुसँग बिहे गरे। तर १९६७ मा यी दुईको  डिभोर्स भयो। यस बिहेबाट महमूदको चार जना बच्चा भए। चर्चित गायक लकी अली महमूदको नै छोरा हुन्। उनले दोस्रो बिहे ट्रेसी अलीसँग गरेका थिए। ट्रेसीसँग बिहे भएपछि उनको दुई छोरा र एक छोरी भयो ।

 

 

 

 

प्रकाशित : बुधबार, असोज १३, २०७८१२:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री प्रियंकाले सार्वजनिक गरिन् उनको छोरीको सुन्दर तस्बिर, सामाजिक सञ्जालमा भाइरल हुँदै !