मनोरंजन जगतमा सुन्दर र आकर्षक हुन जरुरी छ। त्यसैकारण थुप्रै अभिनेत्रीहरु आफ्नो नमिलेको चीजलाई मिलाउन लाखौँ खर्च गरेर सर्जरीको सहायता लिन्छन्। यधपी उनीहरु यो सर्जरी सही होस् वा नहोस् त्यस कुरामा धेरै ध्यान दिदैनन्। थुप्रै अभिनेत्रीको खराब सर्जरीको कारण अनुहार बिग्रेको पनि छ। हालै सुपरमोडल लिंडा इवांजेलिस्टासँग पनि यस्तै भएको छ। जहाँ उनले जेल्टिक एस्थेटिक्स विरुद्द ३.६९ अर्ब क्षति माग गरेकी छन्। वास्तवमा दायर गरिएको मुद्दामा जेल्टिकले उनको शरीरको थुप्रै भागलाई नराम्रोसँग खराब गरेको भनिएको छ। क्यानाडियन मोडलले एक एक इंस्टाग्राम पोस्टमा भनेकी थिइन् लगभग पांच वर्ष पहिले उनले उपचार गरेकी थिइन् तर उनको अनुहार अहिले चिन्ने गाह्रो भएको छ।
मुद्दामा भनिएको छ कि इभान्जेलिस्टाले आफ्नो तिघ्रा , पेट, पछाडि र चिउँडोको बोसोस घटाउन २०१५-१६ बीच सर्जरी गरेकी थिइन्। यधपी पीएजको ठीक गर्नको लागि सुधारात्मक सर्जरीले काम गरेको थिएन। यसका साथै उनले इंस्टाग्राममा आफ्नो पीडा पनि साझा गरिन्। उनले इंस्टाग्राम पोस्टमा लेखिन् ,” मसँग काम गर्ने व्यक्तिहरु अगाडी बढिसके तर मान्छेहरुलाई मैले काम नगरेको लाग्छ। यसको मुख्य कारण जेल्टिकको कूल स्कल्प्टिंग प्रक्रियाद्वारा मेरो अनुहार बिग्रनु हो। सर्जरीले अनुहार बिग्र्यो र कसैले चिन्न पनि नसक्ने भए।” लिंडाले कम्पनीलाई पनि सर्जरीभन्दा पहिला आफुलाई यसको नराम्रो प्रभावको बारेमा नबताएको आरोप लगाएकी छन्।
उनले आफुलाई सर्जरीको प्रक्रियापछि प्याराडक्सिक्ल एडीपोज हाइपरप्लासिया( पीएएच) नामको एक दुर्लभ साइड इफेक्टको सामना गर्न परेको र आफ्नो शरीरको जुन भागलाई सर्जरी गरेकी थिइन् त्यो सुन्निने कुरा बताएकी छन्। सर्जरीको कारण उनले आफुलाई जीविका चलाउन पनि धौ धौ परेको कुरा पनि व्यक्त गरेकी छन्।