भदौ महिनाको मासिक राशिफल : १२ राशिलाई यो महिना शुभ – अशुभ कस्तो रहला ?

भदौ महिनाको मासिक राशिफल : 

मेष (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

यस महिनामा कामको चाप बढ्नेछ, साथै घरपरिवारका कारण केही चिन्ता बढ्न सक्छ। स्वास्थ्य र मनस्थिति भने सन्तुलित रहनेछ। साथीहरूसँग रमाइलो भेटघाट, घुमफिर र मनोरञ्जनका अवसर मिल्नेछन्। दाम्पत्य जीवनमा सामान्य असमझदारी देखिन सक्छ। महिनाको उत्तरार्धमा विवाद वा प्रतिस्पर्धामा विजय प्राप्त गर्ने सम्भावना छ। अध्ययनमा रुचि बढ्नेछ र धार्मिक–सामाजिक कार्यमा संलग्न भइनेछ। आर्थिक हिसाबले सुधार हुने र नयाँ आम्दानीका स्रोत भेटिनेछन्।

वृष (Taurus) – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

शारीरिक तथा मानसिक श्रम बढी खर्च गर्नुपर्ने देखिन्छ। सानो स्वास्थ्य समस्या पनि सताउन सक्छ। काममा अनपेक्षित अड्चन आउन सक्छन्। अध्ययनमा सामान्य प्रगति हुनेछ भने विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ। रिस उठाउने र काम बिगार्न खोज्ने मानिसहरू भेटिन सक्ने भएकाले सतर्क रहनु बुद्धिमानी हुनेछ। ठूलो आर्थिक लगानी वा लेनदेन तत्काल नगर्नु नै राम्रो होला। महिनाको अन्त्यतिर आकस्मिक यात्रा सम्भावना छ। सामाजिक जमघट वा पारिवारिक भेटघाट रमाइलो हुनेछ।

मिथुन (Gemini) – का, कि, कु, घ, ङ, छ, के, को, ह

यो महिना सफलता प्राप्त गर्ने समय हो। आत्मविश्वास र कार्यक्षमता बढ्नेछ। सुरु गरेका काम सफल हुनेछन्। महिनाको पूर्वार्धमा रोकिएको धन फिर्ता पाउन सकिन्छ र आर्थिक कारोबारमा प्रगति हुनेछ। स्वास्थ्य र मनस्थिति अनुकूल रहनेछ। अध्ययन, धार्मिक कार्य तथा मित्रसँग भेटघाटबाट मन प्रसन्न हुनेछ। महिनाको अन्त्यतिर रमाइलो भेटघाट वा यात्रा हुने सम्भावना छ। तर, मनोरञ्जन र विलासिता क्षेत्रमा बढी खर्च हुन सक्छ।

कर्कट (Cancer) – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अनावश्यक दौडधूपले थकाइ ल्याउन सक्छ। अध्ययनमा अवरोध आउन सक्छ र आर्थिक कारोबारमा नोक्सानी सम्भावना देखिन्छ, त्यसैले सचेत रहनुपर्छ। काममा व्यस्तताले समय अभाव महसुस हुनेछ। पेट वा आँखासम्बन्धी समस्या देखिन सक्छ। दाम्पत्य सम्बन्धमा विश्वासको कमीले तिक्तता बढ्न सक्छ। तर, महिनाको अन्त्यतिर साथीभाइ र नातेदारको सहयोगले ठूलो सफलता पाउन सकिनेछ।

सिंह (Leo) – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

काम गर्ने क्रममा अप्रत्याशित झमेला आउन सक्छ। यात्रा वा सवारीमा सतर्कता आवश्यक छ। खर्च बढ्नाले आर्थिक अभाव महसुस हुन सक्छ। अध्ययनमा रुचि यथावत रहनेछ। बोली वा संचारमा त्रुटि हुनसक्ने भएकाले विचार गरेर बोल्नुपर्छ। महिनाको मध्यतिर आर्थिक सुधार हुनेछ। अन्त्यतिर बाधा क्रमशः हट्नेछन् र आत्मबल बढ्नेछ। धार्मिक वा सामाजिक कार्यक्रममा सहभागिता जनाउनुपर्नेछ।

कन्या (Virgo) – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

ठूलो लगानी वा कारोबार गर्दा सावधानी अपनाउनुपर्छ। कामको चाप बढ्नेछ। धार्मिक तथा सामाजिक कार्यमा चासो बढ्नेछ तर अनावश्यक खर्च पनि बढी हुनेछ। महिनाको उत्तरार्धमा वादविवादमा विजय र नयाँ आर्थिक अवसर प्राप्त हुने सम्भावना छ। अध्ययनमा प्रगति हुनेछ। रमाइलो भेटघाट, किनमेल र भ्रमणले धन खर्च बढाउने देखिन्छ। आकस्मिक यात्रा वा स्थान परिवर्तन पनि सम्भव छ।

तुला (Libra) – र, रि, रु, रे, रो, ता, ति, तु, ते

यो महिना चौतर्फी सफलता दिनेछ। स्वास्थ्य राम्रो रहनेछ। योजना सफल हुनेछन् र कार्यक्षमता बढ्नेछ। अघिल्ला काम पूरा हुने र नयाँ अवसर प्राप्त हुनेछन्। उत्तरार्धमा आर्थिक सुधार र पदप्रतिष्ठा बढ्ने सम्भावना छ। तर, घरायसी विवाद वा सन्तानसम्बन्धी चिन्ताले अलिकति पिरोल्न सक्छ। रमाइलो यात्रा, भेटघाट र विलासितामा खर्च बढ्न सक्छ।

वृश्चिक (Scorpio) – तो, ना, नि, नु, ने, नो, या, यि, यु

काममा राम्रो सफलता मिल्नेछ। आर्थिक कारोबारमा प्रगति हुनेछ। विवाद वा प्रतिस्पर्धामा विजय सम्भावना छ। आत्मबल बढ्नेछ र धार्मिक वा सामाजिक कार्यमा चासो बढ्नेछ। अध्ययनमा रुचि बढ्नेछ। सुरुमा आएको समस्या महिनाको अन्त्यतिर समाधान हुनेछन्। दाम्पत्य जीवनमा मधुरता बढ्नेछ। पारिवारिक भेटघाट वा प्रेम सम्बन्धले मन प्रफुल्ल बनाउनेछ।

धनु (Sagittarius) – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कामको चाप बढी रहनेछ। सुरु गरेका काममा अड्चन आउन सक्छन्। विवाद र खर्च बढ्ने सम्भावना छ। अध्ययनमा ध्यान केन्द्रित रहनेछ। आकस्मिक यात्रा वा स्थान परिवर्तन हुनसक्छ। धार्मिक वा सामाजिक कार्यक्रममा सहभागिता जनाउनुपर्नेछ। जग्गा वा गाडीसम्बन्धी समस्या आइपर्न सक्छ। महिनाको अन्त्यतिर भने आर्थिक पक्षमा सुधार हुनेछ।

मकर (Capricorn) – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

नयाँ लगानी वा ठूलो लेनदेन गर्दा सचेत रहनुपर्छ। स्वास्थ्यमा समस्या र मानसिक अस्थिरता देखिन सक्छ। अध्ययनमा अवरोध आउन सक्छ। काम ढिलो हुने वा बाधा आउने सम्भावना छ। दाम्पत्य सम्बन्धमा विश्वासको कमीले असहजता बढ्न सक्छ। महिनाको अन्त्यमा मन परेका सामान किन्ने वा उपहार प्राप्त गर्ने सम्भावना छ। धार्मिक यात्रा र सामाजिक प्रतिष्ठा बढ्ने योग पनि छ।

कुम्भ (Aquarius) – गु, गे, गो, सा, सि, सु, से, सो, द

उच्च आत्मबलले कार्यक्षमता बढ्नेछ। धार्मिक तथा सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। अध्ययनमा आएका अवरोध हट्नेछन्। तर, घरायसी खर्च बढ्न सक्छ। आकस्मिक यात्रा वा स्थान परिवर्तन सम्भव छ। आर्थिक क्षेत्रमा सफलता मिल्नेछ। दाम्पत्य सम्बन्धमा सामान्य खटपट आउन सक्छ। महिनाको अन्त्यमा बाधा हटेर प्रतिस्पर्धामा सफलता पाउने सम्भावना छ।

मीन (Pisces) – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

शारीरिक र मानसिक स्वास्थ्य अनुकूल रहनेछ। आत्मबल बढ्नेछ र कार्यक्षमता उल्लेख्य रुपमा सुधारिनेछ। आर्थिक क्षेत्रमा फाइदा हुने सम्भावना छ। तर, दाम्पत्य सम्बन्धमा चिसोपना बढ्न सक्छ। अध्ययनमा अवरोध यथावत् रहन सक्छ। साथीहरूसँगको भेटघाट वा रमाइलो यात्राले मन प्रफुल्ल बनाउनेछ। यात्रा वा सवारी चलाउँदा भने सतर्कता आवश्यक छ। धार्मिक तथा सामाजिक कार्यमा सहभागिता जनाउनुपर्नेछ।

प्रकाशित : शनिबार, साउन ३२, २०८२१७:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भदौ १ गतेको राशिफल : आइतबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?