साउन २७ गतेको राशिफल : मङ्गलबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?

साउन २७ गतेको पञ्चाङ्ग
दिन : मंगलवार
तिथि : तृतीया, ०९:५६ बजेपछि चतुर्थी
नक्षत्र : पूर्वभाद्रपदा, १४:०६ बजेपछि उत्तरभाद्रपदा
योग : सुकर्मा, २२:०० बजेपछि धृति
करण : भद्रा, ०९:५६ बजेपछि वव, २१:०१ बजेउप्रान्त वालव

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
दिन खासै सहज देखिँदैन। विभिन्न समस्या र चुनौतीका कारण मन खिन्न हुन सक्छ। परिवारबाट अपेक्षित सहयोग नपाइने सम्भावना छ र साथीहरू पनि स्वार्थी स्वभावका देखिन सक्छन्। स्वास्थ्यतर्फ पनि कमजोरी देखापर्न सक्छ। सुधार आगामी दिनमा मात्र सम्भव हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
केही काम सफल हुने भए पनि अनावश्यक झन्झट बढ्ने संकेत छ। मनमा रहेका शङ्का र त्रास केही कम भए पनि निर्णय क्षमतामा कमी देखिन सक्छ। साथीहरूको सहयोग लाभदायी हुनेछ। अध्ययनमा अघिल्ला दिनभन्दा सामान्य सुधार आउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अघिल्ला दिनको तुलनामा परिस्थिति राम्रो छ। मानसिक तनाव क्रमशः घट्नेछ र गरेका काम ढिलो भए पनि सफलतापूर्वक सम्पन्न हुनेछन्। व्यापार वा व्यवसायमा लाभ प्राप्त हुनेछ। तर साँझतिर अनावश्यक विवाद वा झन्झट आउन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आम्दानी र खर्च लगभग बराबर रहने हुँदा बचत सम्भावना कम छ। स्वास्थ्यसम्बन्धी समस्या, विशेषगरी आफैं वा परिवारजनको, खर्च बढाउनेछ। शिक्षा क्षेत्रमा राम्रो समय भएकाले त्यसतर्फ मेहनत बढाउनुहोस्। व्यवसायबाट सामान्य लाभ पाउन सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पेटको समस्या वा रुघाखोकीले सताउन सक्छ, जसका लागि खर्च गर्नुपर्नेछ। बेलुकीपछि मात्र अवस्था केही सुधार हुने सम्भावना छ। बौद्धिक क्षमतामा कमी देखापर्न सक्छ। रोजगारीसम्बन्धी कार्यले टेवा पुर्‍याउन सक्छ। शिवजीको सेवा लाभदायी हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मध्यम प्रकृतिको दिन हुनेछ। आधा काम सफलतापूर्वक पूरा हुनेछन् भने बाँकी अपूरा रहन सक्छन्। बौद्धिक क्षमता राम्रो भए पनि बाधा दिने तत्वको वृद्धि हुनसक्छ। स्वास्थ्य पूर्ण रूपमा ठीक नहुन सक्छ। दैनिक गणेश दर्शन र पूजा लाभदायी हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सम्मान र खर्चमा विशेष परिवर्तन नदेखिने समय हो। प्रतिष्ठा बढ्ने सम्भावना अहिले छैन, बरु तपाईंको छवि घटाउने व्यक्तिहरू बढ्न सक्छन्। शिक्षा क्षेत्रमा सामान्य प्रगति मात्र सम्भव छ। वैवाहिक सम्बन्धका विषयमा भने केही प्रगति हुनसक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
दिन सकारात्मक रहला। बिहानै नातेदार वा मित्रसँग भेटघाट र रमाइलोको अवसर मिल्नेछ। मित्रहरू सहयोगी स्वभावका रहनेछन्। कानुनी वा विवादास्पद मामिलामा विजयको सम्भावना छ। स्वास्थ्य राम्रो रहला र व्यवसायमा पनि लाभ प्राप्त हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
खर्च बढी भए पनि राम्रो कार्यमै खर्च हुने भएकाले मानसिक शान्ति रहला। पुस्तक वा शैक्षिक सामग्री खरिदमा खर्च हुन सक्छ। प्राविधिक ज्ञानको प्रयोगबाट केही लाभ पनि प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मनमा केही डर र शंका रहला तर परिस्थितिले ठूलो नोक्सान पुर्‍याउने छैन। तपाईं निर्णय लिन तयार मुद्रामा हुनुहुन्छ। अस्थिरता क्रमशः कम हुँदै जान्छ। शिक्षा क्षेत्रमा सामान्य प्रगति र साथीहरूको सहयोग पाइनेछ। प्रेम सम्बन्धमा पनि सुधार आउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
राम्रो कार्यमा खर्च हुने समय छ। विद्यमान व्यवसाय वा व्यापारले खर्चको पूर्ति गर्नेछ। बाह्य व्यापारबाट लाभ पाइने सम्भावना छ। काम गर्ने साहस उच्च रहला र मान–प्रतिष्ठामा ह्रास देखिँदैन। सहयोग गर्ने मित्रहरूको संख्या बढी रहला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
दिनलाई सकारात्मक रूपमा लिन सकिन्छ। मनमा केही शंका वा भय भए पनि त्यसलाई क्रमशः हटाउन सकिनेछ। व्यवसायिक लाभ मध्यम रहला। गणेश र शनिको आराधनाले अवरोध हटाउनेछ।

प्रकाशित : सोमबार, साउन २७, २०८२२०:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साउन २८ गतेको राशिफल : बुधबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?