साउन २१ गतेको पञ्चाङ्ग
दिन : बुधवार
तिथि : द्वादशी, १२:४४ बजेपछि त्रयोदशी
नक्षत्र : मूल, १२:४८ बजेपछि पूर्वाषाढा
योग : वैधृति, ०८:०६ बजेपछि विष्कम्भ
करण : वालव, १२:४४ बजेपछि कौलव, ०१:१० बजेउप्रान्त तैतिल
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
तपाईको संवेदनशीलता उच्च हुनेछ। साना कुरा पनि मनमा गहिरो असर पुर्याउन सक्छन्। खासगरी आमाको स्वास्थ्यले चिन्ता बढाउन सक्छ। मानसिक अशान्ति कम गर्न ध्यान वा आध्यात्मिक अभ्यासको सहारा लिनु उपयुक्त हुनेछ। महिलासँगको टकराव वा पानीसँग सम्बन्धित गतिविधिबाट टाढा रहनु लाभदायक हुनेछ।
वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):
भावनात्मक पक्ष बलियो रहने दिन हो। सृजनात्मक विचारहरू उम्लिनेछन् र त्यसले नयाँ काममा ऊर्जा दिनेछ। चिन्ताहरू घट्नेछन्, जसले मन प्रसन्न बनाउनेछ। आफन्त वा साथीहरूसँग विशेष भोजन वा सँगतको अवसर प्राप्त हुनेछ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):
परिवार र पुराना साथीहरूसँग भेटघाटले हर्ष बढाउनेछ। तर आर्थिक योजना बनाउँदा सावधानी अपनाउनुहोस्, केही अवरोध आउन सक्छ। काम सुरू गर्न ढिलो हुनसक्छ तर कार्यक्षेत्रमा वातावरण सहयोगी रहनेछ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
प्रेम र भावना प्रकट हुने समय हो। आफन्तसँग सम्बन्ध थप प्रगाढ हुनेछ। उपहार वा मनपर्ने कुराहरू प्राप्त हुने सम्भावना छ। रमाइलो यात्रा, स्वादिलो खाना र परिवारको साथले दिन सुखद बन्नेछ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
कानुनी मामिलामा सतर्क रहनु आवश्यक छ। भावनामा बहकिने सम्भावना छ, त्यसैले निर्णय सोचविचारपछि मात्र गर्नुहोस्। अनैतिक कार्य वा विवादास्पद व्यवहारबाट बच्नु नै हितकर हुनेछ। महिलासँगको व्यवहारमा विशेष ध्यान दिनुहोस्।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):
परिवार, व्यवसाय र व्यक्तिगत सम्बन्धहरूमा लाभ प्राप्त हुनेछ। मित्रको साथ रमाइलो समय बित्नेछ। अविवाहितहरूको लागि राम्रो संयोग आउन सक्छ। आर्थिक दृष्टिले समय अनुकूल रहेकोले लगानी वा नयाँ काम प्रारम्भ गर्न सक्नुहुन्छ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):
कर्म क्षेत्रमा उन्नति देखिन्छ, उच्च पदाधिकारीको साथ प्राप्त हुनेछ। परिवारमा उत्सव वा कुनै सकारात्मक घटना घट्न सक्छ। भावना प्रबल हुने समय हो। विवाह सम्बन्धी विषयमा सफलता मिल्ने सम्भावना छ। सम्पत्तिको कागजी प्रक्रिया पनि सहजै अघि बढ्न सक्छ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
मिश्रित दिन रहनेछ। साहित्य, लेखन वा अभिव्यक्तिमा रुचि बढ्नेछ तर पेसागत रुपमा केही अवरोध आउन सक्छ। उच्च अधिकारीहरूको असन्तुष्टि झेल्नुपर्ला। प्रतिस्पर्धीहरूसँग बहस वा टकराव नगर्नु उत्तम हुनेछ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):
स्वास्थ्यमा ख्याल दिनु पर्ने दिन हो। काममा ढिलासुस्ती हुँदा निराशा उत्पन्न हुन सक्छ। नयाँ योजना सुरु गर्न उपयुक्त समय होइन। खानपानमा संयम र विश्राममा ध्यान दिनुहोला।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):
आर्थिक लाभको राम्रो समय हो। व्यापारमा वृद्धिको संकेत देखिन्छ। दलाली, ब्याज वा कमिसनबाट पनि आम्दानी बढ्ने सम्भावना छ। विपरीत लिंगीप्रति आकर्षण बढ्न सक्छ, तर सन्तुलन कायम राख्नु आवश्यक हुनेछ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):
कार्यहरूमा सफलता मिल्नेछ र भावनात्मक रूपमा मन हलुका महसुस हुनेछ। माईती पक्षबाट सहयोग र लाभ प्राप्त हुनेछ। घरमा सकारात्मकता रहनेछ, सहकर्मीहरूको सहयोगले काममा गति आउनेछ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):
विद्यार्थी वर्गका लागि राम्रो अवसरहरू आउनेछन्। अभ्यासमा प्रगति हुनेछ। कल्पनाशक्तिको प्रयोगबाट साहित्य वा सृजनात्मक क्षेत्रमा काम गर्न सकिने समय हो। भावुकता र आकर्षण बढ्नेछ, जसका कारण स्त्री मित्रसँग खर्च हुने सम्भावना रहन्छ।