साउन १७ गतेको पञ्चाङ्ग तथा राशिफल :
दिन : शनिवार
तिथि : अष्टमी, ०६:०१ बजेपछि नवमी
नक्षत्र : विशाखा, दिनरात, त्यसपछि विशाखा
योग : शुभ, ०६:२७ बजेपछि शुक्ल
करण : वव, ०६:०१ बजेपछि वालव, १९:०२ बजेउप्रान्त कौलव
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिन अत्यधिक संवेदनशील रहनेछ। कसैको बोलीले भावनामा चोट पुग्न सक्छ, त्यसैले भावनामा बहकिनुहुनु हुँदैन। जग्गा वा व्यापारसम्बन्धी कागजमा हस्ताक्षर नगर्नुहोस्। मानसिक तनाव हटाउन ध्यान, योग वा अध्यात्मको सहारा लिनुहोस्। स्त्री र पानीसँग सावधानी अपनाउनुहोला। पढाइमा औसत फल मिल्ने सम्भावना छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भावनात्मक विचारहरू मनमा आउनेछन्, तर मन प्रफुल्ल रहनेछ। सिर्जनात्मक काममा रुचि बढ्नेछ। साथी वा परिवारसँग मिठो भोजनको अवसर मिल्नेछ। आकस्मिक यात्रा पनि सम्भव छ। आर्थिक पक्षमा सचेत रहनुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मित्र र आफन्तसँगको भेटले खुशी दिनेछ। आर्थिक योजनामा केही समस्या देखिन सक्छ। जे काम थाले पनि ढिलो भए पनि पुरा हुनेछ। व्यवसायमा अनुकूल वातावरण रहनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेमभाव र आत्मीयता भरिएको दिन हुनेछ। साथी वा आफन्तबाट उपहार पाउने सम्भावना छ। रमाइलो यात्रा, स्वादिष्ट भोजन र प्रियजनको साथले दिन उज्यालो हुनेछ। वैवाहिक जीवनमा सन्तुष्टि मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कानूनी मामिलामा सतर्क रहनुहोला। मन अशान्त हुनसक्छ, जसले गलत निर्णय गराउन सक्छ। महिलासँगको व्यवहारमा विशेष ध्यान पुर्याउनुहोस्। विदेशबाट केही समाचार पाउने सम्भावना छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
घर, परिवार र व्यवसायमा लाभदायक समय आउनेछ। साथीहरूसँग यात्रा रमाइलो हुनेछ। विवाहित जीवनमा मिठास आउनेछ। धनप्राप्तिको राम्रो सम्भावना छ। व्यापारको बाँकी रकम फिर्ता पाउने दिन हो। अविवाहितहरूलाई जीवनसाथीको खोजमा सफलता मिल्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पेसामा पदोन्नति वा सम्मान प्राप्त हुने संकेत छ। अधिकारी वर्गबाट समर्थन पाइनेछ। परिवारमा उत्सवको माहोल हुनेछ। आमाबाट लाभ मिल्नेछ। वैवाहिक जीवन रमाइलो रहनेछ। व्यवसायमा सफलता हात लाग्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिन उतारचढावपूर्ण रहनेछ। लेखन वा साहित्यिक कार्यमा सक्रिय रहन सक्नुहुन्छ। व्यवसायमा केही कठिनाइ देखिन सक्छ। प्रतिस्पर्धीहरूसँग विवाद हुनसक्छ। सन्तानसँग विचारभिन्नता रहन सक्छ। खर्च बढ्न सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खानपानमा ध्यान दिनुहोला। काममा ढिलाइले मन खिन्न हुनसक्छ। नयाँ काम थालनी नगर्नुहोस्। स्वास्थ्यमा गिरावट आउन सक्छ। मानसिक अशान्ति र बेचैनी बढ्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्थिक दृष्टिले दिन राम्रो छ। व्यापारमा प्रगति हुनेछ। कमिशन, ब्याज वा दलालीबाट आम्दानी बढ्नेछ। प्रेममा नयाँ सम्बन्धको सुरुवात हुन सक्छ। विलासी वस्त्र, स्वादिष्ट भोजन र सवारीसाधनको सुख मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्यमा सफलता र यश प्राप्त हुनेछ। भावनात्मक पक्ष बलियो हुनेछ। माइतीतर्फबाट लाभ मिल्नेछ। घरमा खुशी र मेलमिलाप रहनेछ। सहकर्मीहरूसँग राम्रो सहयोग मिल्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विद्यार्थीका लागि दिन फलदायी छ। अभ्यासमा सफलता मिल्नेछ। नयाँ अवसरहरू देखापर्नेछन्। कल्पनाशक्ति जागृत हुने भएकाले सिर्जनात्मक क्षेत्रमा लाग्न सक्नुहुन्छ। भावुकता र कामुकता बढ्न सक्छ, स्त्री मित्रसँग खर्च पनि बढ्ने सम्भावना छ।