स्नान गर्दा गोसाइँकुण्डमा डुबेका दुई तीर्थालुको शव निकालियो

काठमाडौं : रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेर हराएका दुई तीर्थालुको शव फेला परेको छ।

साउन ११ गते शनिबार स्नानका क्रममा कुण्डमा डुबेका ती व्यक्तिहरूको खोज तथा उद्धारका लागि श्रीनाथ गणबाट खटिएको नेपाली सेनाको टोलीले स्थानीय स्रोत साधनको प्रयोग गर्दै शवहरू निकालेको हो।

नेपाली सेनाले फेला परेका शवहरू आवश्यक प्रक्रिया पश्चात नेपाल प्रहरीलाई बुझाउने जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेमबहादुर शाहीका अनुसार, डुबेर बेपत्ता हुनेमा मोरङ, विराटनगरका करिब २८ वर्षीय सुजन ढकाल र मोरङ, बेलवारीका मनोज न्यौपाने रहेका छन्।

स्नानका लागि गहिरो भागमा पसेका कारण डुबेको अनुमान गरिएको छ।

प्रकाशित : सोमबार, साउन १३, २०८२१५:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :