साउन ११ गतेको राशिफल : आइतबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?

साउन ११ गतेको पञ्चाङ्ग
दिन : आइतवार
तिथि : तृतीया, २३:२२ बजेपछि चतुर्थी
नक्षत्र : मघा, १८:०२ बजेपछि पूर्वफाल्गुनी
योग : व्यतीपात, ०६:३३ बजेपछि वरियान्
करण : तैतिल, ११:१९ बजेपछि गर, २३:२२ बजेउप्रान्त वणिज

• मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वभावमा उग्रता र जिद्दीपन देखिन सक्छ, त्यसलाई नियन्त्रणमा राख्नु उचित हुनेछ। मेहनत अनुसार अपेक्षित सफलता नपाउँदा मन खिन्न हुन सक्छ। स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोस्। यात्राका लागि समय अनुकूल छैन। सन्तानसम्बन्धी केही चिन्ताजनक स्थिति आउन सक्छ। कुनै पनि निर्णय भावनामा बगेर नलिनुहोला। यद्यपि, सरकारी कार्यहरूमा सफलता मिल्ने सम्भावना छ।

• वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आत्मबल र आत्मविश्वासले कार्यहरूमा सफलता दिलाउनेछ। बुबाको पक्षबाट लाभ मिल्ने संकेत छ। विद्यार्थीहरू पढाइमा रुचि लिनेछन्। सरकारी कामहरूमा पनि लाभ मिल्नेछ। सन्तानसम्बन्धी खर्च हुन सक्छ। कलाकार र खेलाडीहरूका लागि यो समय आफ्नो प्रतिभा देखाउने अनुकूल समय हुनेछ। तर, सम्पत्ति सम्बन्धी कानुनी कागजमा हस्ताक्षर गर्नु उपयुक्त हुनेछैन।

• मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिनको सुरुवात उत्साह र ताजगीले हुनेछ। भाग्यको साथ रहनेछ। यद्यपि अचानक विचारमा आएको परिवर्तनले अलमलमा पार्न सक्छ। नयाँ कामको थालनीका लागि अनुकूल समय हो। आफन्त, मित्र तथा छिमेकीसँग सम्बन्ध राम्रो रहनेछ। आर्थिक रूपमा लाभदायक समय हुनेछ।

• कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
निराशाको अनुभूति हुनेछ र पारिवारिक सदस्यहरूसँग मतभेद हुन सक्छ। अहंकारले अरूलाई चोट पुर्‍याउने सम्भावना छ। विद्यार्थीको पढाइमा मन एकाग्र नहुन सक्छ। खर्चमा बृद्धि हुनेछ। असन्तुष्टिको भावना मनभित्र रहिरहनेछ। अनैतिक कार्य वा सोचबाट टाढा रहनु उचित हुनेछ।

• सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दृढ निर्णय र आत्मविश्वासले तपाईंलाई अगाडि बढ्न सहयोग पुर्‍याउनेछ। समाजमा प्रतिष्ठा र सम्मान प्राप्त हुनेछ। बोलिमा कडापन आउनसक्छ, त्यसले झगडाको स्थिति पनि ल्याउन सक्छ। बुबा वा कुनै वृद्ध व्यक्तिबाट लाभ हुने सम्भावना छ। स्वास्थ्यप्रति केही सतर्कता अपनाउनुहोस्। वैवाहिक जीवनमा मिठास अनुभव हुनेछ। सरकारी कामहरू सहज रूपमा पुरा हुनेछन्।

• कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शारीरिक र मानसिक तनावले तपाईंलाई चिन्तित बनाउन सक्छ। कसैसँग विवादको सम्भावना छ। आकस्मिक खर्च बढ्न सक्छ। वैवाहिक जीवनमा पनि केही समस्याहरू देखा पर्न सक्छन्। शरीर र मन दुवै अस्वस्थ बन्न सक्छ। पेसागत रूपमा अधीनस्थहरूबाट असहयोगको अनुभव हुन सक्छ। स्वास्थ्यको ख्याल राख्नु अति आवश्यक छ।

• तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
घरमा सुख, शान्ति र सन्तोषको वातावरण रहनेछ। आम्दानी बढ्ने योग छ। अफिस र व्यापारमा अनुकूलता रहनेछ। पदोन्नतिको सम्भावना पनि देखिन्छ। पारिवारिक सदस्य र साथीहरूसँग खुशी बाँडिनेछ। रमाइलो यात्राको अवसर मिल्न सक्छ। व्यापारमा पनि लाभ हुनेछ। वैवाहिक जीवन सुखद बन्नेछ।

• वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ईश्वरको कृपाबाट कार्यहरू सफलतापूर्वक सम्पन्न हुनेछन्। घरमा आनन्द र सन्तोषको वातावरण रहला। स्वास्थ्य राम्रो रहनेछ। समाजमा प्रतिष्ठा र सम्मान प्राप्त हुनेछ। उच्च पदाधिकारी र वृद्धहरूको आशीर्वाद मिल्नेछ। सन्तानको सन्तोषजनक प्रगति देख्दा हर्षित बन्नुहुनेछ।

• धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धेरै खतरनाक निर्णयबाट टाढा रहनु बुद्धिमानी हुनेछ। कामप्रति जोश र उत्साहको कमी देखिन सक्छ। शारीरिक र मानसिक तनाव रहनेछ। पेसा–व्यवसायमा अवरोध आउने सम्भावना छ। अफिसमा उच्च पदस्थसँग वादविवाद हुन सक्नेछ, जसले हानि पुर्‍याउन सक्छ। प्रतिस्पर्धीहरूबाट सचेत रहनुहोस्।

• मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नकारात्मक सोचबाट टाढा रहनुहोस् र खानपानमा विशेष ध्यान दिनुहोस्। आकस्मिक खर्च बढ्नेछ, उपचारमा पनि खर्च हुन सक्छ। व्यापारमा साझेदारसँग मतभेद हुनसक्छ। रिसलाई नियन्त्रण गर्नु जरुरी छ। सामाजिक कार्यक्रममा सहभागी भइने सम्भावना छ। अफिसमा आफ्नो निर्णयक्षमता देखिनेछ।

• कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दिन प्रेम, रमाइलो, भ्रमण र मनोरञ्जनमा बित्नेछ। आफन्त र मित्रसँग सँगै भोजन गर्ने मौका मिल्नेछ। राम्रो लुगा वा सवारीसाधनको प्राप्ति हुने योग छ। आफन्तसँग सम्बन्ध मधुर रहनेछ। सार्वजनिक जीवनमा नाम र प्रतिष्ठा बढ्नेछ। दृढ आत्मविश्वासले सफलता हासिल हुनेछ।

• मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दैनिक कामहरू समयमै पुरा हुनेछन्। घरमा सुखद वातावरण रहनेछ। तर, स्वभावमा केही उग्रता देखिन सक्छ, जसले बोलचालमा असर पुर्‍याउन सक्छ। प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ। सहकर्मीको सहयोगले पेसागत काम सजिलो बन्नेछ। माईती पक्षबाट लाभ हुने सम्भावना छ।

प्रकाशित : शनिबार, साउन ११, २०८२२१:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साउन १२ गतेको राशिफल : सोमबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?