श्रावन ७ गतेको पञ्चाङ्ग :
दिन : बुधवार
तिथि : चतुर्दशी, ०२:१६ बजेपछि औंसी
नक्षत्र : आर्द्रा, १८:२८ बजेपछि पुनर्वशु
योग : व्याघात, १३:५० बजेपछि हर्षण
करण : भद्रा, १५:०७ बजेपछि शकुनि, ०२:१६ बजेउप्रान्त चतुष्पद
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिन मिश्रित रहनेछ। नयाँ योजना वा कार्यमा संलग्न हुन प्रेरणा मिल्नेछ। सोच र भावना छिट्टै परिवर्तन हुन सक्छन्। व्यापार वा पेशागत जीवनमा प्रतिस्पर्धा बढ्न सक्छ। एकतर्फी सोचले तपाईंलाई काममा केन्द्रित गराउनेछ। विशेषतः महिलाको बोली वा व्यवहारप्रति संवेदनशील बन्नुहोला।
वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अवसरको सही मूल्यांकन गर्न नसक्दा हात आएको चिज गुम्न सक्छ। मन दोधार र अन्योलतामा हराउने संकेत छ। नयाँ काम सुरु गर्नु उपयुक्त नहोला। तर, भाईबहिनीसँगको सम्बन्धमा मिठास रहनेछ र पारिवारिक सहयोग मिल्नेछ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिनको सुरुवात उमंग र राम्रो मानसिक अवस्थाबाट हुनेछ। प्रियजन वा साथीभाइसँग रमाइलो समय बित्नेछ। नयाँ र आकर्षक वस्त्र प्राप्त हुने सम्भावना छ। आर्थिक दृष्टिले लाभदायक रहन सक्छ, तर खर्चमा पनि नियन्त्रण आवश्यक छ। नकारात्मक सोचलाई हटाएर आत्मबल बढाउनुहोला।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
थोरै मानसिक अशान्ति अनुभूति हुन सक्छ। प्रेम सम्बन्धमा असमझदारी आउन सक्छ, तसर्थ झगडाबाट जोगिनुहोला। पारिवारिक जिम्मेवारीले खर्च बढ्न सक्छ। गम्भीर निर्णय गर्नुअघि सोचविचार गर्नु उपयुक्त हुनेछ। संयम राख्न सकेमा समस्याबाट बच्न सकिनेछ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समग्रमा दिन राम्रो रहनेछ। तर, मानसिक द्विविधाका कारण महत्त्वपूर्ण अवसर छुट्न सक्छ। मन विचारहरूमा अल्झिन सक्छ, त्यसैले स्थिर निर्णयमा कठिनाइ हुन सक्छ। स्त्री मित्रसँगको भेटघाट विशेष बन्नेछ। व्यवसायमा भने लाभ हुने संकेत देखिन्छ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिन अत्यन्तै फलदायी रहनेछ। नयाँ योजनाको सुरुवातका लागि अनुकूल समय हो। व्यापारी र कर्मचारीहरूका लागि विशेष फाइदा हुनेछ। पदोन्नतिको सम्भावना पनि प्रबल छ। वरिष्ठको समर्थन पाउन सकिन्छ। आर्थिक र पारिवारिक क्षेत्र सुदृढ बन्नेछ। सरकारी कामहरूमा पनि सफलता मिल्नेछ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लेखन, अध्ययन वा अनुसन्धानमा व्यस्त रहन सक्नुहुन्छ। नयाँ कार्यको सुरुवातको लागि राम्रो दिन हो। लामो दूरीको यात्रा वा धार्मिक स्थलको दर्शन हुने सम्भावना छ। पेसागत क्षेत्र वा व्यापारमा फाइदा हुने संकेत छ। परदेशमा रहेका आफन्तसँग खबर आदानप्रदान हुनेछ। सहकर्मीहरूबाट पनि सहयोग प्राप्त हुनेछ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिन सामान्यभन्दा अलि संवेदनशील रहनेछ। कुनै पनि नयाँ काम सुरु नगर्नु नै राम्रो हुनेछ। गलत मार्ग वा गतिविधिबाट जोगिनुहोला। सरकारी वा कानुनी झमेलाबाट टाढा रहनु बुद्धिमानी हुनेछ। नयाँ सम्बन्धको सुरुवात गर्नुअघि गहिरो सोच-विचार गर्नु आवश्यक छ। खर्चमा सतर्कता अपनाउनु उपयुक्त हुनेछ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिन रमाइलो र हलुका माहोलमा बित्नेछ। मनोरञ्जन, पिकनिक, मिठो भोजन र सौन्दर्यप्रेमी वस्तुहरूले दिन रोचक बनाउनेछन्। विपरीत लिंगसँगको सम्बन्ध रोमाञ्चक बन्न सक्छ। लेखन वा विचार-विनिमयमा सक्रियता बढ्नेछ। मन चञ्चल रहन सक्छ, त्यसैले स्थिरतामा ध्यान दिनुहोला।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापारमा विस्तारको सम्भावना देखिन्छ। आर्थिक व्यवहार सरल र सहज हुनेछ। परिवारमा सन्तुलनपूर्ण र सुखद वातावरण रहनेछ। केही आवश्यक कारणले खर्च भने बढ्न सक्छ। पेसागत क्षेत्रमा सहकर्मीको राम्रो सहयोग प्राप्त हुनेछ। विदेशसँग सम्बन्धित कारोबारमा प्रगति हुने सम्भावना छ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ काम सुरु गर्ने समय अहिले होइन। विचारमा परिवर्तन आउने सम्भावना छ। महिलाहरूले विशेषगरी आफ्नो बोली र व्यवहारमा सन्तुलन राख्नुपर्छ। सन्तानसँग सम्बन्धित विषयमा चिन्ता बढ्न सक्छ। यद्यपि, लेखन वा सिर्जनात्मक कार्यमा मन लाग्नेछ। बौद्धिक छलफलमा भाग लिन अवसर मिल्नेछ। आकस्मिक खर्चको सम्भावना भएकाले सतर्क रहनुहोला।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
केही अप्रिय घटना वा परिस्थितिले मनमा निराशा ल्याउन सक्छ। घरमा सामान्य झगडाको स्थिति बन्न सक्छ, विशेषतः आमाको स्वास्थ्यप्रति ध्यान दिनुहोला। शारीरिक र मानसिक रूपमा थकान महसुस हुन सक्छ। धन, प्रतिष्ठा वा आत्मबलमा अलिक कमजोरी अनुभव हुन सक्छ। आत्मविकास र विश्रामका लागि समय निकाल्नु उपयुक्त हुनेछ।