२२ औँ स्थानमा रहेको युगान्डाले १३ औँ स्थानमा रहेको युएईलाई हरायो

एजेन्सी : युगान्डाले घरेलु मैदानमा जारी टी–२० आई अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत युएईलाई रोमाञ्चक खेलमा ६ रनले पराजित गरेको छ।

शनिबार सम्पन्न खेलमा युगान्डाले पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १२६ रनको योगफल तयार पारेको थियो। युगान्डाका लागि ओपनर राजिभ धवनले ४२ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ४४ रन बनाए भने श्रीदिप मन्गेलाले ३९ रनको योगदान दिए। अल्पेस रामजानी २१ रनमा अविजित रहे।

बलिङतर्फ युएईका मोहम्मद रोहिदले सर्वाधिक ३ विकेट लिए। सागिर खान र मोहम्मद जोहिबले २–२ विकेट लिए भने ध्रुव परासर र हैदर अलीले १–१ विकेट झारे।

जवाफमा १२७ रनको लक्ष्य पछ्याउँदै युएई २० ओभरमा ८ विकेट गुमाउँदै १२० रनमा सीमित भयो। कप्तान मोहम्मद वासिमले २८ बलमा ४ चौका र १ छक्कासहित ३३ रन बनाए। मोहम्मद जोहिबले २४ र आसिफ खानले १५ रन जोडे।

युगान्डाका कप्तान जुमा मियाङ्गीले ३ विकेट लिए भने दिनेश नकर्नीले २ र अल्पेस रामजानीले १ विकेट लिएर युएईको रन–चेज रोक्न सफल भए।

हाल आईसीसी टी–२० आई र्याङ्किङमा युगान्डा २२औं स्थानमा छ भने युएई १३औं स्थानमा रहेको छ।

प्रकाशित : शनिबार, साउन ०४, २०८२२०:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :