साउथका चर्चित भिलेनको दुखद निधन, केही दिन अघि मात्रै गरेका थिए मद्दतको लागि गुहार

एजेन्सी : दक्षिण भारतीय फिल्म उद्योगका प्रसिद्ध अभिनेता तथा हास्यकलाकार फिश वेन्कट उर्फ वेन्कट राजको निधन भएको छ। ५३ वर्षको उमेरमा उनी यो संसारबाट बिदा भएका हुन्।

केही समयदेखि बिरामी रहेका उनलाई हैदराबादको एक अस्पतालमा भर्ना गरिएको थियो। भारतीय सञ्चारमाध्यम अनुसार, अभिनेतासँग रोग उपचार गराउने आर्थिक क्षमता थिएन। पैसाको अभावका कारण समयमै किड्नी डायलाइसिस गर्न नसकिएको बताइएको छ।
यो दुःखद खबरसँगै दक्षिण भारतीय फिल्म उद्योगमा शोकमा डुबेको छ। प्रशंसकहरूले पनि सामाजिक सञ्जालमार्फत अभिनेता फिश वेन्कटप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक व्यक्त गरिरहेका छन्।

भारतीय सञ्चारमाध्यम अनुसार अनुसार अभिनेता फिश वेन्कटको केही समयदेखि हैदराबादको अस्पतालमा उपचार भइरहेको थियो। उनकी गम्भीर अवस्था देखेर चिकित्सकहरूले उनलाई आईसीयूमा भर्ना गरेका थिए।

अस्पतालको रिपोर्ट अनुसार फिश वेन्कटको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने थियो जसका लागि डोनरको आवश्यकता थियो। अभिनेताको परिवारले ५० लाख रुपैयाँको आर्थिक सहयोगको अपिल गरेका थिए। उनलाई केही हदसम्म सहयोग त प्राप्त भयो, तर समयमै डोनर फेला परेन।

फिश वेन्कट दक्षिण भारतीय फिल्म उद्योगका प्रसिद्ध अभिनेता थिए, जसले विशेषगरी तेलुगु फिल्म क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका थिए। सन् २००१ मा ‘खुशी’ फिल्मबाट डेब्यु गरेपछि उनले ‘मीरापाकय’, ‘बुनी’, ‘गब्बर सिंह’, ‘सुपरस्टार किडन्याप’, ‘आदि’, ‘अधूर्स’ र ‘धी’ जस्ता थुप्रै फिल्महरूमा अभिनय गरेका थिए। फिश वेन्कट विशेष गरी हास्यपूर्ण र नकारात्मक भूमिकाका लागि चर्चित थिए।

प्रकाशित : शनिबार, साउन ०४, २०८२१३:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

श्रीमतीले घरमा परपुरुष बोलाईन्, अचानक श्रीमान भारतबाट घर फर्केसी परपुरुषसँग मिलेर श्रीमानको हत्या गरिन्