हिम स्टार ऊर्जाको आईपीओ बाँडफाँट भोलि : कति जनाले हात पार्नेछन् शेयर, कति जनाको हात खाली हुनेछ ?

काठमाडौं : हिम स्टार ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट हुने मिति तय भएको छ। कम्पनीको आईपीओ असार ३२ गते (भोलि) दिउँसो ३ बजे बाँडफाँट गरिने तयारी भइरहेको छ। यस कार्यको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

आईपीओमा अन्तिम दिनसम्म कुल १९ लाख ९७ हजार ६९४ जना लगानीकर्ताले आवेदन दिएका थिए। अत्यधिक आवेदन परेको हुँदा शेयर गोलाप्रथाबाट बाँडफाँट गरिनेछ।

गोलाप्रथाबाट जम्मा ७७ हजार ३९७ जना आवेदकले मात्र शेयर प्राप्त गर्नेछन् भने बाँकी १९ लाख २० हजार २९७ जनाको हात खाली रहनेछ।

हिम स्टार ऊर्जा कम्पनीले असार २४ गतेदेखि २७ गतेसम्म आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। कम्पनीले कुल ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सार्वजनिक निष्काशनमा ल्याएको हो।

कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने बुकु कापटी खोलाबाट ५ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।

आयोजनाको कुल लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड ७७ लाख ७ हजार ३८७ रुपैयाँ पुगेको छ।

प्रकाशित : मङ्गलबार, असार ३१, २०८२११:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सरकारको आय-व्यय : बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब १९ अर्ब