असार ३० गतेको राशिफल : सोमबार १२ राशिका दिन शुभ – अशुभ कस्तो होला ?

असार ३० गतेको पञ्चाङ्ग तथा राशिफल :
दिन : सोमवार
तिथि : चतुर्थी, २३:४८ बजेपछि पञ्चमी
नक्षत्र : धनिष्ठा, ०७:३७ बजेपछि शतभिषा
योग : आयुष्मान्, १७:४१ बजेपछि सौभाग्य
करण : वव, १२:२८ बजेपछि वालव, २३:४८ बजेउप्रान्त कौलव

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries):
व्यवसायका लागि निकै फलदायी हुनेछ। परिवारसँगको साथले मन प्रफुल्लित रहला। घरमा कुनै शुभ र सुखद घटना घट्नसक्छ। शारीरिक स्वास्थ्यमा सुधार आउनेछ। सहयोगीहरूको पूर्ण समर्थन पाइनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। व्यापारिक सहकर्मीहरूसँग आत्मीय सम्बन्ध रहनेछ। जीवनसाथीसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus):
बौद्धिक बहसबाट टाढा रहनु राम्रो हुनेछ। विद्यार्थी वर्गका लागि समय चुनौतीपूर्ण छ। मनमा केही चिन्ता रहिरहनेछ। पेटसम्बन्धी समस्याले सताउन सक्छ, तर मध्यान्नपछि केही राहत मिल्ने सम्भावना छ। मानसिक रूपले थोरै सहजता महसुस हुनेछ। तपाईंको कार्यको प्रशंसा हुनेछ। माईती पक्षबाट केही समाचार प्राप्त हुनसक्छ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini):
शक्तिको कमी महसुस हुन सक्छ। परिवारमा केही तिक्तता देखा पर्न सक्छ, झगडाको सम्भावना रहन्छ। स्थायी सम्पत्तिसम्बन्धी कुरामा सजग रहनुहोस्। अचानक खर्च बढ्न सक्छ। आक्रोशपूर्ण बहस वा बौद्धिक टकरावमा सामेल नहुनु नै हितकर हुनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer):
कुनै पनि निर्णय नसोची नगर्नुहोस्। आफन्तसँगको भेटले मन हर्षित बनाउनेछ। प्रेमपूर्ण सम्बन्धले मानसिक सन्तुलन कायम राख्नेछ। प्रतिस्पर्धीहरूका बीचमा आत्मबलसाथ टिक्न सकिनेछ। मध्यान्नपछि केही प्रतिकूलता देखिन सक्छ। शारीरिक र मानसिक स्वास्थ्यमा ख्याल गर्नुहोस्। आमाको स्वास्थ्यले चिन्ता दिन सक्छ। आर्थिक पक्ष केही कमजोर बन्न सक्छ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo):
बौद्धिक क्षमता तेज हुनेछ, जसका कारण बहस वा विचारविमर्शमा भाग लिन सक्नुहुन्छ। मध्यान्नपछि विवादहरूबाट जोगिनुहोस्। परिवारसँगको समय रमाइलो हुनेछ। धन लाभको सम्भावना छ। भाइबाट सहयोग वा लाभ पाइनेछ। आध्यात्मिक मार्गमा मन आकर्षित हुन सक्छ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo):
तपाईंको मिठासपूर्ण बोलीले लाभ मिल्नेछ। सामाजिक र प्रेम सम्बन्धहरू प्रगाढ हुनेछन्। यात्रा रमाइलो र फलदायी रहनेछ। व्यवसायमा प्रगति हुनेछ। घरको वातावरण सुखद रहनेछ। आम्दानी बढ्नेछ। विदेशमा कारोबार गर्नेहरूका लागि राम्रो समय हुनेछ। स्वादिलो भोजनको आनन्द उठाउन पाइनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra):
क्रोधलाई नियन्त्रणमा राख्नुहोस्, यसले शान्त वातावरण बनाइराख्न सहयोग गर्नेछ। बोलीमा सन्तुलन राख्नुपर्ने समय हो। कुनै पनि निर्णय सोचविचार गरेर मात्र गर्नुहोस्। खर्च बढी हुने सम्भावना छ। स्वास्थ्यमा केही समस्या देखिन सक्छ। तर मध्यान्नपछि मूड हलुका हुनेछ। केही आर्थिक लाभ मिल्नेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio):
जीवनसाथी पाउन चाहनेहरूका लागि दिन अनुकूल छ। आम्दानीमा वृद्धि देखिनेछ। साथीभाइसँग घुमफिरको अवसर मिल्नेछ। दिन रमाइलो तरिकाले बित्नेछ। मध्यान्नपछि रिस र आवेगमा वृद्धि हुनसक्छ, त्यसैले धैर्यता आवश्यक छ। मित्रसँगको झगडाले मानसिक तनाव दिन सक्छ, सावधानी अपनाउनुहोस्।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius):
तपाईंले बनाएको योजना सफलतापूर्वक सम्पन्न हुनेछ। व्यवसायमा सफलताको संकेत छ। कार्यस्थलमा वातावरण अनुकूल हुनेछ। परिश्रम अनुसारको पदोन्नति पाउने सम्भावना छ। परिवारमा खुसी र उमंग रहनेछ। मित्रहरूसँगको भेटले मन खुशी बनाउनेछ। यात्राको अवसर मिल्नेछ। सन्तानबाट खुसीको समाचार प्राप्त हुनसक्छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn):
विदेश जाने सोच बनाइरहनुभएको छ भने दिन सकारात्मक छ। धार्मिक यात्राबाट मानसिक शान्ति मिल्नेछ। पारिवारिक वातावरणमा खुसी छाउनेछ। व्यवसायमा पदोन्नति सम्भव छ। उच्च अधिकारीको समर्थन पाउने सम्भावना छ। धन र सम्मान दुवै बढ्नेछन्। पिताबाट लाभ मिल्नेछ। तर वैवाहिक जीवनमा अलिकति तानाव हुन सक्छ, धैर्यता आवश्यक छ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius):
नयाँ काम सुरु गर्नको लागि समय उपयुक्त छैन। स्वास्थ्यलाई ध्यान दिनुहोला, खानपानमा विशेष सतर्कता अपनाउनुहोस्। बोलीमा संयमता राख्न सक्नुभयो भने सम्भावित विवादहरूबाट जोगिन सकिन्छ। मध्यान्नपछि मुड सुधार हुनेछ। स्वास्थ्य पनि राम्रो हुनेछ। धार्मिक कार्य वा यात्रा हुनसक्छ। आर्थिक लाभ प्राप्त हुनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces):
व्यवसायमा सहकर्मीबाट राम्रो सहयोग मिल्नेछ। आफन्तहरूसँग रमाइलो गर्न पाउने मौका छ, जसले मन हर्षित बनाउनेछ। मध्यान्नपछि परिस्थितिमा केही परिवर्तनको अनुभव हुनेछ। नयाँ काम सुरु नगर्नु नै राम्रो हुनेछ। क्रोधमा नियन्त्रण गर्नु आवश्यक छ। पारिवारिक विवादको सम्भावना देखिन्छ, त्यसैले धैर्य र समझदारी अपनाउनुहोस्।

प्रकाशित : आइतबार, असार २९, २०८२२१:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

असार ३१ गतेको राशिफल : मङ्गलबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?