हरेक महिनामा सूर्यले राशि परिवर्तन गर्छन्। सूर्यको गोचरको प्रभाव सबै १२ राशिहरूमाथि पर्दछ। पञ्चाङ्ग अनुसार, साउन १ गते( १६ जुलाई २०२५) को साँझ ५:५५ बजेसम्म सूर्य कर्कट राशिमा रहनेछन्। सूर्य ग्रह यस राशिमा साउन ३१ गते(१६ अगस्ट) सम्म रहनेछन्। सूर्यको गोचर सुरु भएपछि बुधादित्य राजयोग बन्नेछ, किनकि कर्कट राशिमा बुध पहिले नै उपस्थित छन्। बुध र सूर्यको युतीले बन्ने यस बुधादित्य राजयोग ले केही राशिहरूलाई राम्रो नाफा दिन सक्छ। आउनुहोस्, हेरौँ चन्द्रको कर्कट राशिमा सूर्य प्रवेश गरेर बनेको बुधादित्य राजयोग कुन-कुन राशिका लागि शुभ साबित हुन सक्छ। कर्कट राशिमा सूर्यको गोचर भएसी असार ३२ गतेदेखि यी राशिहरुलाई खुब फाईदा हुनेछ।
धनु राशि:
धनु राशिका लागि चन्द्रको कर्कट राशिमा सूर्य गोचर भएर बनेको बुधादित्य राजयोग शुभ सावित हुन सक्छ। यस अवधिमा तपाई आत्मविश्वासले भरिपूर्ण रहनुहुनेछ। जुनसुकै काममा तपाईंले आफ्नो प्रभुत्व जमाउनु हुनेछ। भाग्यले पनि साथ दिनेछ। तपाईं आफैलाई निकै सकारात्मक महसुस गर्नुहुनेछ। विद्यार्थीहरूका लागि पनि यो समय राम्रो रहनेछ।
वृश्चिक राशि:
सूर्य गोचरबाट बनेको बुधादित्य राजयोग वृश्चिक राशिका जातकहरूका लागि अत्यन्त लाभदायक सावित हुन सक्छ। सूर्यको शुभ प्रभावले करियरमा प्रगति हुनेछ। प्रेम जीवन रोम्यान्टिक रहनेछ। तपाईं र तपाईंको पार्टनरबीचको सम्बन्ध अझ बलियो बन्नेछ। आर्थिक अवस्था पनि सन्तोषजनक र मजबुत रहनेछ।
कन्या राशि:
चन्द्रको कर्कट राशिमा सूर्यको गोचर कन्या राशिका लागि फाइदाजनक रहनेछ। तपाईंलाई विभिन्न स्रोतबाट आम्दानी हुनेछ। परिवारको पूर्ण साथ प्राप्त हुनेछ। करियरमा आफ्ना सीपहरू प्रयोग गरेर तपाईं सफलता हासिल गर्न सक्नुहुनेछ। जीवनसाथीसँगको सम्बन्ध पनि अझ राम्रो बन्नेछ।