एसइई नतिजा आज प्रकाशित हुँदै, यसरी हेर्न सकिन्छ

काठमाडौँ : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज शुक्रबार साँझ ६ बजेसम्म सार्वजनिक हुने भएको छ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरका परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले आज नै नतिजा प्रकाशन हुने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “आज बेलुकी ६ बजेसम्म नतिजा प्रकाशित हुने सम्भावना छ।”

यस वर्षको एसईई परीक्षामा कूल ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी भएका थिए। देशभर २ हजार ७९ परीक्षा केन्द्रमार्फत परीक्षा संचालन गरिएको थियो।

नतिजा एसईईको आधिकारिक वेबसाइट, एनटीसीसहित विभिन्न माध्यमहरूबाट हेर्न सकिने व्यवस्था गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

नतिजा यसरी हेर्न सकिन्छ :

प्रकाशित : शुक्रबार, असार १३, २०८२१६:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :