काठमाडौँ : अस्ट्रेलियामा आयोजना हुने बिग बास लिग (बीबीएल) को १५औं संस्करणको ड्राफ्टमा नेपालका ६ क्रिकेटर अटाएका छन्।
बीबीएलले सार्वजनिक गरेको सूचीअनुसार नेपाली खेलाडी सन्दीप लामिछाने, देव खनाल, शेर मल्ल, अर्जुन साउद, विपिन शर्मा र आरिफ शेख ड्राफ्टमा परेका हुन्।
यस पटकको बीबीएल ड्राफ्ट बिहीबार हुने तय गरिएको छ।
अहिलेसम्म नेपालबाट बीबीएल खेल्ने अवसर भने सन्दीप लामिछानेलाई मात्रै प्राप्त भएको छ।
उनले मेलबर्न स्टार्स र होबार्ट हुरिकेन्सबाट गरी दुई-दुई संस्करणमा सहभागिता जनाएका थिए।
सन्दीपले बीबीएलमा कुल ४३ खेल खेल्दै ४८ विकेट लिएका छन्।