असार ४ गतेको पञ्चाङ्ग
दिन : बुधवार
तिथि : सप्तमी, १०:३८ बजेपछि अष्टमी
नक्षत्र : पूर्वभाद्रपदा, २२:०१ बजेपछि उत्तरभाद्रपदा
योग : प्रीति, ०६:१३ बजेपछि आयुष्मान्, ०३:३९ बजेउप्रान्त सौभाग्य
करण : वव, १०:३८ बजेपछि वालव, २१:४१ बजेउप्रान्त कौलव
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries):
पुराना व्यापारिक समस्याहरू समाधान गर्न उपयुक्त समय हो। नयाँ व्यक्तिहरूसँगको सम्पर्कले भविष्यमा लाभ दिलाउनेछ। जग्गा-जमिन सम्बन्धी योजना बनाउन सकिने सम्भावना देखिन्छ। वैवाहिक जीवनमा आपसी समझदारी र मिठास झल्किनेछ। पारिवारिक सल्लाहहरूले निर्णयमा बल पुर्याउनेछन्।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus):
मन अनिश्चित र अल्झिएको जस्तो महसुस हुनसक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनु राम्रो हुन्छ। सन्तानको विषयले मानसिक तनाव दिन सक्छ। टाढाको यात्रा सम्भव छ, तर सतर्कता जरुरी हुनेछ। धार्मिक कार्यमा संलग्न हुने सम्भावना बढ्नेछ, तर आर्थिक लेनदेनमा सावधानी अपनाउनु उपयुक्त हुनेछ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini):
पछिल्लो समय बनाएका योजना फलदायी बन्नेछन्। पूरानो लगानी लाभदायक बन्नसक्छ। युवाहरूले करियरका नयाँ बाटाहरू पहिल्याउने प्रयास गर्नेछन्। वैवाहिक सम्बन्धमा रहेको चिसोपन हट्दै सामञ्जस्य कायम हुनेछ। सामाजिक सम्बन्धमा पनि नयाँ अवसरहरू देखापर्नेछन्।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer):
परिवारको साथ र अपेक्षामा खरो उत्रिनुहुनेछ। सम्मान र उपहार प्राप्तिको योग देखिन्छ। कार्यक्षेत्रमा केन्द्रित भई मेहनत गर्नुपर्ने समय हो। अनावश्यक खर्चमा नियन्त्रण राख्दा आर्थिक सन्तुलन कायम रहनेछ। बहस वा वादविवादमा नजाने बुद्धिमानी हुनेछ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo):
दिनको सुरुवात ढिलो हुने भए तापनि दिनको उत्तरार्धमा ऊर्जा फर्किनेछ। कार्यक्षेत्रमा तपाईको योगदानलाई सराहना गरिनेछ। वित्तीय पक्षमा सजक रहनु पर्नेछ। व्यापारी वर्गले ठूलो लगानी गर्नु अघि गहिरो सोच विचार गर्नुपर्छ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo):
आत्मिक सन्तुष्टि र आर्थिक प्रगतिको संयोजन अनुभव हुनेछ। सम्पत्तिमा लगानी गर्ने विचारले लाभ दिन सक्छ। व्यापारमा नयाँ रणनीति अपनाउने समय आएको छ। उच्चपदस्थ व्यक्तिहरूको विश्वास जित्न सफल हुनुहुनेछ। घरायसी वातावारण पनि उत्साहजनक रहनेछ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra):
कार्यमा समर्पण र लगाव बढ्नेछ, जसले नतिजामा सुधार ल्याउनेछ। सन्तानको सफलता खुसीको विषय बन्नेछ। महिला मित्र वा सहकर्मीको सहयोगले मन हलुका बनाउनेछ। मनका अनेक विचारबीच मार्गदर्शन आवश्यक हुनेछ। सामाजिक सम्बन्धलाई बलियो बनाउन सजग रहनुहोस्।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio):
तपाईको बोली र व्यवहार प्रभावशाली बन्नेछ। व्यापारमा लहडमा आएको निर्णयले हानि पुर्याउन सक्छ, विशेष गरी वस्त्र व्यवसायमा। गलत उपायबाट लाभ लिन खोज्दा समस्या आउन सक्छ। पारिवारिक उल्झनहरू क्रमशः सुल्झिँदै जानेछन्। गृहिणीहरू अत्यधिक व्यस्त देखिन सक्नेछन्।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius):
अन्यको विचारलाई सुन्ने संयमता आवश्यक हुनेछ। आफ्नो सीप र व्यवहारलाई निखार्ने समय हो। लेखक र रचनाकारहरूको लागि प्रेरणादायी दिन रहनेछ। समयको सदुपयोग गर्दै अनुशासनमा बाँधिनु राम्रो हुनेछ। युवा वर्गले पथप्रदर्शकहरूको सुझावलाई गम्भीरतापूर्वक लिनुपर्छ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn):
तपाईको आकर्षण र व्यक्तित्वले सबैको ध्यान खिच्नेछ। कार्यक्षेत्रमा प्रतिभा देखाउने उत्तम अवसर आउनेछ। सरकारी कर्मचारीहरूका लागि उन्नतिको समय हो। आर्थिक कठिनाइले केही दबाब आउन सक्छ, तर क्रमशः सुधार हुँदै जानेछ। व्यक्तिगत जीवनमा सन्तुलन कायम गर्न आवश्यक हुनेछ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius):
आफ्ना बानीहरूको समीक्षा गर्नु शुभ हुनेछ। पहिलेको लगानी लाभदायक बन्नेछ, जसले आर्थिक राहत दिनेछ। धार्मिक चिन्तन र साधनातर्फ मन आकर्षित हुनेछ। वैवाहिक जीवनमा प्रेम र आपसी समझदारीले सम्बन्धलाई नयाँ ऊर्जा दिनेछ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces):
जीवनमा उत्साहपूर्ण क्षणहरू आउने संकेत छ। बौद्धिक क्षमता र चातुर्यले ठूला कामहरू सफलतापूर्वक पुरा गर्न सक्नुहुनेछ। व्यापार विस्तारको लागि परिवारको सल्लाह महत्त्वपूर्ण हुनेछ। प्रविधिमा संलग्न व्यक्तिहरूले प्रगतिको स्वाद चाख्नेछन्। कामप्रति समर्पणले आत्मसन्तुष्टि दिलाउनेछ।