१२ वर्षपछि टी–२० मा नेपाल स्कटल्याण्डसँग भिड्दै, हुनेछ रोमाञ्चक भीडन्त

काठमाडौँ : स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत नेपाल आज आफ्नो दोस्रो खेलमा आयोजक स्कटल्याण्डको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बेलुका ७ : ४५ बजे ग्लासग्लोस्थित टिटवुड क्रिकेट स्टेडियममा हुनेछ।

१२ वर्षपछि नेपाल स्कटल्याण्डसँग पुनः टी–२० क्रिकेटमा भिड्न लागेको हो। सन् २०१३ को टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो। तर त्यो खेल टी–२०आई मान्यताको अघि भएको थियो। त्यसैले आजको खेल दुई टोलीबीचको पहिलो आधिकारिक टी–२० अन्तर्राष्ट्रिय खेल हुनेछ।

स्कटल्याण्डका त्यसबेलाका दुई खेलाडी—माइकल लिस्क र सफिया शरिफ अहिले पनि टोलीमा समावेश छन्। भने रिची बेरिङटन, जसले लिग २ मा नेपालविरुद्ध एकदिवसीय खेल खेलेका थिए, यो टी–२० शृंखलाको टोलीमा भने छैनन्।

नेपालले टी–२०आई मान्यता पाएयता पहिलोपटक स्कटल्याण्डसँग खेल्दैछ। शृंखलाको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग तीन सुपर ओभरसम्म लम्बिएको रोमाञ्चक खेलमा पराजित भएको थियो। सोही खेलसँगै नेपालले आफ्नो १००औं टी–२०आई खेल पनि पूरा गरेको छ।

त्यस खेलमा किरण ठगुन्ना र रुपेश सिंहले क्रमशः ५०औं र ५१औं खेलाडीको रूपमा नेपाली टी–२० टोलीबाट अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए।

यता स्कटल्याण्डले नेदरल्याण्ड्सविरुद्धको पहिलो खेलमा ३९ रनको जित हात पारेको थियो र आत्मविश्वासका साथ नेपालविरुद्ध उत्रिनेछ।

प्रकाशित : मङ्गलबार, असार ०३, २०८२१०:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपाल र नेदरल्यान्ड्सको रोमाञ्चक खेलमा चेन्नई र राजस्थानले दियो यस्तो टिप्पणी