सान्भि इनर्जीको आइपीओ बाँडफाँट आज हुँदै, कति बजे हुँदैछ त ?

भक्तपुर : सान्भि इनर्जीको आइपीओ सोमबार, जेठ २६ गते बाँडफाँट गर्न लागिएको छ। बिक्रीप्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट बैंकिङका अनुसार, सोमबार दिउँसो ३ बजे लेखनाथ मार्ग, ठमेल, काठमाडौंस्थित आफ्नै कार्यालयमा बाँडफाँट गरिने छ।

सान्भिको यो आइपीओ राम्रो मागले भरिएको छ – कुल आवेदन मागभन्दा १०.७१ गुना बढी परेको छ। २१ लाख ८ हजार २३२ जनाले कुल २ करोड ५८ लाख ९० हजार ६२० कित्ताका लागि आवेदन दिएका छन्, तर केवल २ लाख ४१ हजार ५३० जना आवेदनदाताले सेयर पाउनेछन्। बाँकी १८ लाख ६६ हजार ७०२ जनाको हात खाली हुनेछ।

कम्पनीले सर्वसाधारणका लागि जेठ ९–१३ गतेबीच प्रति कित्ता १०० रुपैयाँ दरले २४ लाख १५ हजार ३०० कित्ता सेयर जारी गरेको थियो, जसको कुल राशि २४ करोड १५ लाख ३० हजार रुपैयाँ पर्छ।

केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई “केयर NP डबल बी प्लस इश्युअर रेटिङ” प्रदान गरेको छ, जसले समयमै दायित्व पूरा गर्ने मध्यम जोखिम क्षमता संकेत गर्छ। यो रेटिङ २०८१ पुस ११ गते जारी गरिएको र २०८२ फागुन १५ गतेसम्म मान्य रहनेछ।

प्रकाशित : सोमबार, जेठ २७, २०८२११:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :