युवतीको शरिरमा पेट्रोल खन्याई आगोले जलाई फरार भएका लामा ६ बर्षपछि पक्राउ

मोरङ : मोरङको विराटनगर महानगरपालिका-१६ स्थितबाट ईशा योगी शेर्पालाई आगोले जलाई मारेको घटनाका फरार प्रतिवादी ५५ बर्षीय एसराज लामालाई घटनाको ६ बर्ष पछि प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

जेठ २३ गते विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादी लामालाई गाउँघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

प्रतिवादी लामाले २०७६ साल बैशाख ८ गते झापा अर्जुनधारा नगरपालिका-११ घर भई विराटनगर-१६ स्थितमा बस्दै आएकि २१ बर्षीया ईशा योगी शेर्पाको शरिरमा पेट्रोल खन्याई आगोले जलाई फरार भएका थिए ।

घाईते शेर्पाको किर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रकाशित : शनिबार, जेठ २५, २०८२२३:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :