कोदालो प्रहार गरी आफ्नै छोराले गरे बाबु र छिमेकीको हत्या

नवलपरासी पश्चिम : नवलपरासी पश्चिममा दुई जनाको हत्या भएको छ । सुनवल नगरपालिका २ औरहियामा छोराले बाबु र अर्का छिमेकीको हत्या गरेका हुन् ।

आज शुक्रबार बिहान ११ बजे ३५ वर्षीय खेमराज थारुले ५० वर्षीय बाबु दयाराम थारु र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले जानकारी दिए।

उनीहरु दुबै जनालाई कोदालोले टाउकोमा प्रहार गरेर हत्या गरेका हुन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।

हत्या गर्ने खेमराजलाई घरबाटै पक्राउ गरिएको डीएसपी पन्तले बताए।

खेमराजले के कति कारणले हत्या गरे भन्ने विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रकाशित : शुक्रबार, जेठ २४, २०८२१४:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो