काठमाडौँ : जेठ २३ गते शुक्रबार निर्जला एकादशीको दिन बुध ग्रहले गोचर गर्दैछन्। बुधको यो गोचरले अद्भुत त्रिग्रही योग बनाउँदैछ, जसले ४ वटा राशिका लागि ठूलो लाभ दिनेछ।
ज्योतिष अनुसार धन, व्यापार, वाणी, बुद्धि र संवादका कारक मानिने ग्रह बुध गोचर गर्न गइरहेका छन्। मिथुन राशिका स्वामी बुध ग्रह हुन् र बुधको गोचर पनि मिथुन राशिमै हुँदैछ।
बुधको मिथुन राशिमा गोचरले त्रिग्रही योग बनाउनेछ, जुन निकै विशेष मानिन्छ। मिथुन राशिमा पहिले नै सूर्य र गुरुजस्ता प्रमुख ग्रहहरू उपस्थित छन्। सूर्य आत्मविश्वास, यश र सफलता प्रदान गर्ने ग्रह हुन् भने गुरु सुख-समृद्धि र सौभाग्य दिने ग्रह हुन्। यस्तो अवस्थामा बुधले आफ्नो स्वराशि मिथुनमा सूर्य र गुरुसँग मिलेर त्रिग्रही योग बनाउँदा सबै १२ राशिहरूमाथि विशेष प्रभाव पर्नेछ। तीमध्ये ४ राशिका लागि त यो बुध गोचरबाट बनेको त्रिग्रही योगले अत्यधिक लाभ दिनेछ। जानौँ ती सौभाग्यशाली राशिहरू कुन-कुन हुन्।
वृष राशि
त्रिग्रही योग वृष राशिका लागि अत्यन्तै अनुकूल रहनेछ। तपाईलाई अचानक कतैबाट धन लाभ हुन सक्छ। व्यवसायीहरूले राम्रै मुनाफा कमाउनेछन्। कुनै महत्वपूर्ण कार्यमा सफलता मिल्न सक्छ। आर्थिक स्थिति दिनप्रतिदिन मजबुत बन्दै जानेछ।
तुला राशि
तुला राशिका जातकहरूलाई यो त्रिग्रही योगले धन लाभ गराउनेछ। रोकिएको पैसा अचानक प्राप्त हुँदा खुशी मिल्नेछ। बैंक ब्यालेन्स बढ्नेछ। तपाई कुनै धन सम्बन्धी योजनामा पैसा लगानी गर्न सक्नुहुन्छ। घरमा शान्तिको वातावरण रहनेछ।
मीन राशि
त्रिग्रही योगको बन्नुले मीन राशिका जातकहरूलाई शुभ फल दिनेछ। यसले तपाईंलाई प्रगति दिलाउनेछ र साथसाथै जिम्मेवारीहरू पनि बढाउनेछ। तपाईं नयाँ घर, गाडीजस्ता मूल्यवान वस्तु किन्ने योजना बनाउन सक्नुहुन्छ। सम्बन्धहरू अझ राम्रो हुनेछन्