आईपीएल २०२५ को फाइनल खेलमा आज जेठ २० गते मङ्गलबार राति रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) र पञ्जाब किङ्स (PBKS) बीच ऐतिहासिक भिडन्त हुँदैछ। यो खेल जुन ३ तारिख, मंगलबार, साँझ ७:३० बजे नेपाली समय अनुसार ७:४५ बज) भारतको अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ।
दुवै टोली पहिलो पटक आईपीएल उपाधि जित्ने लक्ष्यमा छन्। आरसिबीले यसअघि सन् २००९, २०११ र २०१६ मा फाइनल खेलेको भए पनि उपाधि जित्न सकेको छैन। यसपटक कप्तान राजत पटिदारको नेतृत्वमा टोलीले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको छ।
पञ्जाब किङ्स २०१४ पछि पहिलो पटक फाइनलमा पुगेको छ। कप्तान श्रेयस अय्यरको प्रेरणादायी नेतृत्वमा टोलीले मुम्बई इन्डियन्सलाई हराउँदै फाइनलमा स्थान बनाएको हो।
प्रमुख खेलाडीहरू :
विराट कोहली (आरसिबी): यस सिजनमा ६१४ रन बनाउँदै उत्कृष्ट फर्ममा छन्।
जोस हेजलवुड (आरसिबी): २१ विकेट लिँदै बलिङ आक्रमणमा महत्त्वपूर्ण भूमिका खेलेका छन्।
श्रेयस अय्यर (पञ्जाब किङ्स): छ अर्धशतकसहित टोलीलाई फाइनलसम्म पुर्याएका छन्।
आरसिबीले लिग चरणमा नौ खेल जितेको छ र क्वालिफायर १ मा पञ्जाब किङ्सलाई १०१ रनमा समेट्दै सहज जित हासिल गरेको थियो।
पञ्जाब किङ्सले मुम्बई इन्डियन्सलाई हराउँदै फाइनलमा स्थान बनाएको हो।
यो फाइनल खेल दुवै टोलीका लागि ऐतिहासिक अवसर हो, जहाँ पहिलो पटक आईपीएल उपाधि जित्ने सम्भावना छ। क्रिकेटप्रेमीहरूका लागि यो खेल अत्यन्त रोमाञ्चक र प्रतीक्षित रहेको छ।